विश्वकपको पहिलो ‘ह्याट्रिक म्यान’ चेतन शर्मा
शनिबार, २० असोज २०८०, ०६ : ४५
![विश्वकपको पहिलो ‘ह्याट्रिक म्यान’ चेतन शर्मा](https://npcdn.ratopati.com/media/news/chetan-sharma_U6Mcr9v8rp.jpg)
काठमाडौँ । विश्वकप क्रिकेट आयोजना हुन थालेको ४८ वर्ष बितिसकेको छ । यसबिचमा विश्वकपमा थुप्रै खेलाडीले कीर्तिमान बनाएका छन् ।
आईसीसी एकदिवसीय विश्वकपमा ह्याट्रिक गर्ने पहिलो बलर भारतका चेतन शर्मा हुन् । त्यसैले अहिले पनि चेतन शर्मालाई विश्वकपको ‘ह्याट्रिक म्यान’ भन्ने गरिन्छ । उनले सन् १९८७ मा आयोजित विश्वकपको चौथो संस्करणमा यो कीर्तिमान बनाएका थिए । उक्त विश्वकप भारत र पाकिस्तानमा आयोजना भएको थियो ।
त्यो विश्वकपको न्युजिल्यान्डविरुद्धको खेलमा चेतन शर्माले ह्याट्रिक विकेट लिएका थिए । उनले लगातार तीन बलमा न्युजिल्यान्डका केन रुथरफोर्ड, ईयान स्मिथ र एवेन च्याटफिल्डको विकेट लिएका थिए । त्यो विश्वकपको उपाधि भने अस्ट्रेलियाले जितेको थियो । फाइनलमा अस्ट्रेलियाले न्युजिल्यान्डलाई सात रनले हराएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुण्डेस लिगामा बायर्न म्युनिख र बायर लिभरकुजेन गोलविहिन
-
ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी
-
प्रिमियर लिग : आर्सनल जित्दा नटिङघमलाई झट्का
-
प्रिमियर लिगमा म्यान्सिटीको फराकिलो जित, उमरले गरे ह्याट्रिक
-
सात दिन, सातै प्रदेश, सात म्याराथन
-
रोकिराखेको टिपरमा मोटरसाइकल ठोक्किदा युवाको मृत्यु