भिजिट भिसाको आवरणमा कामका लागि जानेको सङ्ख्या बढ्दै

काठमाडौँ । भ्रमण भिसा तथा नक्कली श्रम स्वीकृति बनाई कामका लागि विभिन्न देश जान लागेका महिला र पुरुषलाई जोखिममा पर्न नदिन मानव बेचबिखन अनुसन्धान ब्युरोले फर्काउने गरेको छ । ब्युरोले असोज १८ गतेसम्म ६ हजार ६ सय ४७ जनालाई यसरी विमानस्थलबाट फर्काएको छ ।
नेपाल सरकारले भिजिट भिसामा घरेलु कामका लागि विदेश जान रोक लगाएको छ । तर पनि भिजिट भिसाको आवरणमा कामका लागि विदेश जानेको सङ्ख्या बढ्दै गएको ब्युरोका एसपी कृष्ण पंगेनीले बताए । उनका अनुसार वैदेशिक रोजगारीका नाममा विभिन्न गिरोहले बेचबिखन गर्ने उद्देश्यले नक्कली भिजिट भिसामा दुबईलगायतका देश पठाउने गरेका छन् । उनले भने, 'वैदेशिक रोजगारीमा भिजिट भिसामा जानु हुँदैन । यसरी जाँदा समस्यामा परिन्छ । यसरी जाँदा धेरै मानिस बेचबिखनमा पनि परेका छन ।' भिजिट भिसामा विदेश गएर काम गर्दा धेरैले दुःख पाएको पंगेनीले बताए ।
मानव तस्करले मिलेमतोमा भिजिट भिसाको आवरणमा दिनहुँजसो नेपाली युवालाई दुबई, कतार, साउदी अरेबिया, कुबेतलगायत मुलुकमा पठाइरहेका छन् । भिजिट भिसामा खाडी मुलुक पुगेका नेपाली कामका लागि लुकेर बस्ने गरेको पंगेनीले बताए । आजको नागरिक दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेनिस ला लिगा : एटलेटिको मड्रिडलाई सफलता, रियालसँग घटायो अंक दुरी
-
कति पुग्यो डलर, युरो, दिराम, दिनार र रियालको मूल्य ?
-
अस्थायी, करार कर्मचारी अब सामाजिक सुरक्षामा सहभागी हुन पाउने
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म