राष्ट्रपतिसँग विवेकशील साझा पार्टीका नेताहरुको भेट, संवैधानिक संस्थाहरुको गरिमा बचाउन आग्रह

काठमाडौँ । विवेकशील साझा पार्टीका पदाधिकारीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । शुक्रबार शीतलनिवास पुगेर विवेकशील साझा पार्टीले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व र संवर्द्धनका लागि राष्ट्रपति, अदालत तथा संवैधानिक निकायहरुको गरिमा बचाइराख्न राष्ट्रपतिलाई ध्यानाकर्षण गराएको हो ।
भेटमा अध्यक्ष समीक्षा बाँस्कोटा, उपाध्यक्ष प्रकाशचन्द्र परियार, विमला अधिकारी घिमिरे, केन्द्रीय सदस्य डा।सुशील साह लगायतको उपस्थिति रहेको थियो ।
लोकतन्त्रको संस्थागत विकास र नागरिकको संवृद्धिको चाहना साकार पार्न संवैधानिक संस्थाहरुको भूमिका उल्लेख्य रहने भन्दै विवेकशील साझा पार्टीले ती संस्थाहरुलाई दलियकरणबाट मुक्त गर्नु पर्ने राष्ट्रपतिलाई अवगत गराएको छ ।
सो अवसरमा राष्ट्रपति पौडेलले सात दशक लामो संघर्षबाट प्राप्त नेपालको संविधानको रक्षा र संवर्धन गरेर मुलुकको संवृद्धिमा सम्पूर्ण ध्यान केन्द्रित गर्नुपर्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेका ९५ प्रतिशत बालिकाले लगाए ‘एचपीभी’ खोप
-
१० जना प्रहरीको नाममा प्रधान कार्यालयले निकाल्यो सूचना
-
शान्ति सुरक्षा भङ्ग हुनसक्ने परिस्थिति उत्पन्न भएको भन्दै ताप्लेजुङमा कर्फ्यु
-
च्याम्पियन्स ट्रफी : इंग्ल्याण्डविरुद्ध अस्ट्रेलियाको कीर्तिमानी जित
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
आगलागीका घटना न्यूनीकरण गर्न शुक्लाफाँटामा सचेतना