शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुढीगण्डकी जलबिद्युत आयोजना : १ अर्ब २२ करोड ५६ लाख मुआब्जा वितरण

मङ्गलबार, ३० जेठ २०७४, ०९ : ४६
मङ्गलबार, ३० जेठ २०७४

गोरखा - बुढीगण्डकी जलबिद्युत आयोजना प्रभावितलाई १ अर्ब २२ करोड ५६ लाख ८० हजार २ सय ३७ रुपैया मुआब्जा बितरण भएको छ । गोरखा र धादिङका ६ सय ५ परिवारलाई उक्त रकम दिइएको बुढीगण्डकी जलविद्युत आयोजना विकास समितिले जनाएको छ । 
कार्यालयका अनुसार गोरखाका ५ सय ८३ जनालाई १ अर्ब १९ करोड ५६ लाख ८० हजार  सय ३७ रुपैया वितरण गरिएको छ भने धादिङका २२ जनालाई ३ करोड वितरण गरिएको छ । 
गोरखाका बुढी गण्डकी प्रभावित क्षेत्रबाट १ हजार ३९ निवेदन दर्ता भएको छ भने ३६ निवेदन छुट भएको छ । धादिङका १४ सय ८७ निवेदन दर्ता भएको छ भने ३ सय निवेदन छुट भएको छ । 
यस्तै कार्यालयले गोरखाका ९ सय ८२ र धादिङको १३ सय ९६ पुर्जा मालपोत कार्यालयमा पठाएको छ । 
आयोजना स्थलमा जग्गा अधिग्रहणका लागि सबैभन्दा कम प्रतिरोपनी ५ लाख २५ हजार प्रतिरोपनी र सबैभन्दा बढी ८ लाख ३५ हजार कायम गरिएको छ । ११ आधारमा जग्गा बर्र्गिकरण गरेर मुआब्जा वितरण कार्य भइरहेको हो ।  
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप