सरकारको कारण मुलुकमा अराजकता र अनुशासनहीनता बढ्यो : सचेतक बर्तौला

काठमाडौँ । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार संविधान र कानुन अनुसार हिँड्न नसकेका कारण मुलुकमा अराजकता बढेको बताएका छन् ।
शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले सरकार संविधान र कानुन बमोजिम हिँड्न नसकेको बताएका हुन् । उनले सरकारले देशलाई स्थिरता र सुशासनतर्फ लान नसकेको पनि बताए । उनले सरकारकै कारण देशमा अराजकता र अनुशासनहीनता बढेको बताए ।
सचेतक बर्तौलाले स्वच्छन्दता र अराजकता बढेको कारणले गर्दा देशमा साम्प्रदायिक द्वन्द्व र हिंसाहरू भड्किन थालेको बताए । प्रधानमन्त्रीले नै जातीय पहिचानको आधारमा राज्य निर्माण गरिदिने अभिव्यक्ति दिन थालेपछि त्यसको असर स्वरुप विभिन्न भड्कावहरु देखिन थालेको उनको भनाई छ ।
सचेतक बर्तौलाले सरकार संविधान र कानुन अनुरुप हिँडेर जबाफदेही बनेमा देशको अराजकता र अस्थिरता नियन्त्रण गर्न सकिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पिकअप भ्यान पल्टिंदा दुई जनाको मृत्यु, २२ जना घाइते
-
चीनमाथि थप ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
निर्माणाधीन एसियाली राजमार्गले निम्त्याएको प्रदूषण नियन्त्रण गर्न स्थानीयको माग
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल