आन्दोलित शिक्षकसँग भएका सहमति शिक्षा विधेयकमा समावेश गर्न सांसद नारायणी शर्माको माग

काठमाडौँ । माओवादी केन्द्रकी सांसद नारायणी शर्माले आन्दोलित शिक्षकसँग भएका सहमति विद्यालय शिक्षा विधेयकमा समावेश गर्नुपर्ने बताएकी छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा विधेयकमाथि सैद्धान्तिक छलफलमा सहभागी हुँदै उनले देशको उन्नति, प्रगति र समृद्धिका लागि सही शिक्षा प्रणालीलाई अघि बढाउन आवश्यक रहेको बताइन् ।
सांसद शर्माले भनिन्–‘आन्दोलन गरेर सहमति भएपछि शिक्षकहरुले केही राहत महसुस गरेका छन्, उनीहरुको आन्दोलनको उपलब्धिलाई यो विधेयकमा समेट्नुपर्छ । सरकारले गरेका सहमति र सम्झौताहरुलाई यो विधेयकमा समेट्नुपर्छ ।’
प्रधानमन्त्रीदेखि धेरै सांसदहरु शिक्षण पेशाबाट नै संसदमा आएको उल्लेख गर्दै उनले देश अग्रगमनमा नजानुमा शिक्षानीतिसहित नभएको कुरा सबैले बुझेको विषय रहेको उल्लेख गरिन् ।
उनले भनिन्,‘यसको पक्ष र विपक्षमा नलागी समग्र शिक्षा विधेयकमाथि छलफल गरी साँच्चिकै व्यावहारिक, वैज्ञानिक ढंगले अगाडि बढ्ने शिक्षानीति बनाउनुपर्छ । यो शिक्षा विधेयकले विद्यालय, कर्मचारी, बालविकास, कार्यालय सहयोगी, राहत शिक्षक भनेर विभिन्न प्रकारमा विभाजन गरेको छ । यसरी विभाजन गर्नुहुँदैन भन्ने लाग्छ । सबै शिक्षकहरुलाई एउटै क्याटेगोरीमा राख्नुपर्छ, विभाजित नगरी एउटै रुपमा विधेयकमा लेख्नुपर्छ ।’
आगामी दिनहरुमा शिक्षक नियुक्ति गर्दा एउटै प्रक्रियाबाट नियुक्ति गर्ने व्यवस्था राख्नुपर्नेमा उनले जोड दिएकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिउँ चितुवा संरक्षणका लागि अन्तरदेशीय सहकार्य आवश्यक : मन्त्री शाही
-
पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन
-
अमेरिकामा न्यायाधीश पक्राउ
-
नेपाल शिक्षक महासङ्घ वार्तामा बस्ने नै भएपछि पारदर्शी ढङ्गले जानु राम्रो हुन्छ : शंकर पोखरेल
-
केयू रनिङ शिल्ड २०८२ : काठमाडौँ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सले उचाल्यो ट्रफि
-
नेपालमा रोजगारी नपाएका कुँवर मल्टी नेशनल कम्पनीमा साइबर विज्ञ