चलचित्र ‘वानर सेना’को प्रिमियर
काठमाडौँ । नेपाली चलचित्र ‘वानर सेना’को प्रिमियर शो भएको छ । शुक्रबार काठमाडौँमा प्रिमियर शो भएको हो ।
चलचित्र ‘वानर सेना’ आजदेखि प्रदर्शनमा आएको छ । चलचित्रमा प्रेम र द्वन्द्वको मिश्रण छ । अर्पण गिरीले निर्देशन गरेको चलचित्रमा उनीसँगै आरजु प्रसाईं, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किसनबाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साह, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रको प्रिमियर शोपछि बोल्दै अभिनेता शोभित बस्नेतले सम्पूर्ण नेपाली चलचित्रलाई आफूले मन पराउने र नेपाली चलचित्रलाई साथ र सहयोग गर्न आवश्यक रहेको बताए ।
निर्देशक गिरीले नै लेखेको चलचित्रमा विनोद सापकोटाको छायाङ्कन, जोन तामाङको सङ्गीत, प्रवीण ढकालको रङ्ग संयोजन, नारायण रिजालको नृत्य निर्देशन, शङ्कर महर्जन र आरके श्रीको द्वन्द्व निर्देशन रहेको छ । चलचित्र युवराज गिरीले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँ ल्याउनुअघि दुर्गा प्रसाईंलाई जिप्रका झापा लगियो
-
पहिलो पटक भियतनाम, मलेसिया कम्बोडियाको भ्रमणमा जाँदैछन् सी जिनपिङ
-
एक दर्जन बढी कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव
-
दुर्गा प्रसाईं भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ
-
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
-
चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत ट्यारिफ