१९औँ एसियाली खेलकुदमा पदकबाट चुके कराँते खेलाडी विप्लव

काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगितामा नेपाली कराँते खेलाडी विप्लवलाल श्रेष्ठ पदकबाट चुकेका छन् । कांस्य पदकका लागि शुक्रबार भएको भिडन्तमा उनी साउदी अरेबियाका खेलाडी तारेग हमेदीसँग १—९ अंकले पराजित भए ।
जारी एसियाली खेलकुदमा विप्लवबाट पदकको निकै आशा गरिएको थियो । उनले कराँतेको कुमिते पुरुष ८४ केजीभन्दा माथिको तौलसमूहमा प्रतिस्पर्धा गरेका थिए । शुक्रबार नै भएको आफ्नो पहिलो खेलमा विप्लवले ताजिकिस्तानका खेलाडी उमेद साफारोभलाई १२—४ अंकले हराएका थिए । त्यसपछि उनी प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका थिए ।
क्वार्टरफाइनल खेलमा भने उनी किर्गिस्तानका खेलाडी सादिकानोभ अदिलेतसँग १—५ अंकले पराजित भएका थिए । क्वार्टरफाइनलमा पराजित भएपछि रेपेचागेको पहिलो खेलमा उनले ‘बाई’ पाएका थिए । उक्त खेलमा ‘बाई’ पाएर विप्लवले साउदी अरेबियाका खेलाडीसँग कांस्य पदकका लागि भिडन्त पक्का गरेका थिए । तर, उनी पदकको भिडन्तमा साउदी अरेबियाका खेलाडीसँग पराजित हुन पुगे ।
१९औँ एसियाली खेलकुदमा नेपालले हालसम्म एउटा कांस्य पदकमात्र जित्न सकेको छ । महिला कबड्डी टोलीले कांस्य पदक जितेको हो । नेपाली महिला कबड्डी टोलीले एसियाली खेलकुद प्रतियोगिताको पहिलो सहभागितामै देशलाई कांस्य पदक दिलाएको हो ।
जारी एसियाली खेलकुद प्रतियोगितामा नेपालले विभिन्न २९ खेलमा दुई सय ५३ जना खेलाडी सहभागी गराएको छ । एसियाली खेलकुदमा सहभागी जनाउन करिब ३० करोड रुपैयाँ खर्च भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : ह्वाइट हाउसमा चर्काचर्की, काठमाडौँ महानगरमा असन्तुष्टि
-
अरुण प्रवेश मार्ग : रकम अभावपछि मुआब्जा वितरण रोकियो
-
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते
-
एमाले मोरङको अधिवेशनमा आएनन् ओली र पोखरेल, बादलले गरे उद्घाटन
-
भीम विराग प्रतिष्ठानद्वारा विभिन्न विधाका ११ जना सम्मानित
-
आर्मी र बागमती आईटीएफ तेक्वान्दो च्याम्पियन