सरकारको एक्लो प्रयासले मात्रै मुलुकको आर्थिक विकास सम्भव छैनः उद्योगमन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव नभएको बताएका छन् ।
शुक्रवार ललितपुर द्योग वाणिज्य संघको ४४ औं साधारण सभामा बोल्दै उद्योगमन्त्री रिजालले सरकार र निजी क्षेत्र समन्वय र सहकार्य भएमात्रै मुलुकको आर्थिक विकास सम्भव रहेको उल्लेख गरे । उनले देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले दिगो र पराकिलो पूर्वाधार तयार गर्नसक्ने बताए ।
उद्योगमन्त्री रिजालले निजी क्षेत्र रोजगारी सिर्जना र औधोगिक माध्यम भएको दाबी गरे । उनले निजी क्षेत्रको सक्रिय सहभागिता भएका मुलुकहरुमा आर्थिक विकास राम्रो भएको देखिएको भन्दै नेपालमा पनि आर्थिक विकासमा निजी क्षेत्रको सहभागिता वृद्धि गर्न आवश्यक रहेको बताए । उनले निजी क्षेत्रको अधिकतम प्रयासले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरुप आर्थिक विकास गर्नेमा वर्तमान सरकार विश्वास राख्ने बताए । उनले आयातलाई न्युन गर्दै लैजाने निर्यातलाई प्रवद्र्धन गर्ने सरकारको नीतिलाई साकार बनाउन निजी क्षेत्रको सहयोग विना सम्भव नभएको बताए । उनले कृषिलाई व्यवसायीकरण गरी उत्पादन वृद्धिमा जोड दिन निजी क्षेत्रलाई आग्रह गरे ।
उनले भने,‘सरकारको एक्लो प्रयासबाट मात्रै मुलुकको आर्थिक विकास सम्भव हुँदैन । त्यसका लागि सरकार र निजी क्षेत्र समन्वय र सहकार्य हुन जरुरी छ । देशको समग्र सामाजिक र आर्थिक विकास हुन निजी क्षेत्रले दिगो र पराकिलो पूर्वाधार तयार गर्न सक्छ । निजी क्षेत्र रोजगारी सिर्जना र औद्योगिक माध्यम हो । निजी क्षेत्रको सक्रिय सहभागिता भएका मुलुकहरुमा आर्थिक विकास राम्रो भएको देखिन्छ । निजी क्षेत्रको अधिकतम प्रयासले मात्रै उदारवादी अर्थतन्त्रको मर्मअनुरुप आर्थिक विकास गर्नेमा वर्तमान सरकार विश्वास राख्दछ । आयातलाई न्युन गर्दै लैजाने निर्यातलाई प्रवद्र्धन गर्ने सरकारको नीतिलाई साकार बनाउन निजी क्षेत्रको सहयोग विना सम्भव छैन । कृषिलाई व्यवसायीकरण गरी उत्पादन वृद्धिमा जोड दिन निजी क्षेत्रलाई आग्रह गर्न चाहन्छु । निजी क्षेत्रले अर्थतन्त्रको नेतृत्वकर्ताको रुपमा उभ्याउने प्रयास गर्नुपर्छ । यसका लागि निजी क्षेत्र जिम्मेवार भएर अगाडि बढ्नुपर्ने हुन्छ । निजी क्षेत्रको माग अनुरुप सरकारले सम्बोधन गर्न नसकेको हुन सक्छ । यस्तो अवस्थामा सरकारको आलोचना गरेर होइन सरकारसँग हातेमालो गरेर समस्याको समाधान खोज्नुपर्छ । सरकारले निजी क्षेत्रको माग अनुसार कानूनी र नीतिगत विषयमा सुधार गर्दै आइरहेको छ ।’
उनले निजी क्षेत्रको माग अनुरुप सरकारले सम्बोधन गर्न नसकेको अवस्थामा आलोचना भन्दा पनिसरकारसँग हातेमालो गरेर समस्याको समाधान खोज्नु आवश्यक रहेको बताए । उनले सरकारले निजी क्षेत्रको मागअनुसार कानूनी र नीतिगत विषयमा सुधार गर्दै आइरहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय समस्या वर्गीय समस्याकै भिन्न रूप : देव गुरुङ
-
२०८४ को चुनावमा कांग्रेस–एमालेबिच गठबन्धन गर्न प्रचण्डको चुनौती
-
मातृभूमि पार्टीद्वारा संघर्षका कार्यक्रम घोषणा
-
प्रधानमन्त्री कार्यालयले गर्ने मूल्याङ्कन प्रणालीलाई सुधार गर्नुपर्छ : मन्त्री दाहाल
-
प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखले मात्र स्थायित्व र सुशासन दिन सक्छ : प्रचण्ड
-
मुसामा पनि भेटियो बर्ड फ्लू