अनमोलको ‘फर्की फर्की’मा भित्रिए समृद्धि र रवि

काठमाडौँ । अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको फिल्म ‘फर्की फर्की’को मुख्य कलाकारको रूपमा समृद्धि अर्याल र रवि काफ्ले भित्रिएका छन् । निर्माण युनिटले अडिसन मार्फत यी कलाकार छनौट गरेको हो । समृद्धि र रवि भित्रिएसँगै फिल्मको कलाकार लाइनअप पुरा भएको निर्माता रोहित अधिकारीले बताए ।
सुयोग गुरुङको निर्देशन रहेन फिल्म रोहित अधिकारी र ओम प्रकाश अग्रवालको लगानीमा बन्न लागेको हो । सुयोगकै कथा तथा पटकथा रहेको यो फिल्ममा मनोज ओली र रामु न्यौपाने सह–निर्माता रहेका छन् ।
फिल्मको छायाङ्कन तिहारको लक्ष्मीपूजा (कार्त्तिक २६) बाट सुरु हुँदै छ । नरेन्द्र मैनालीकाे छायाङ्कन रहने फिल्ममा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको संगीत रहनेछ । एमएसएम इन्टरटेनमेन्टले बिदेश बितर गर्ने फिल्मको काफिया फिल्मस्ले उपत्यका र कुबेर फिल्मस्ले उपत्यका बाहिर वितरण गर्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसका ७ भ्रातृ संस्थाले लत्त्याए पार्टीको निर्देशन
-
उद्योगीहरूसँग विद्युत महसुल विवादबारे हितेन्द्रले गरे छलफल
-
म्यानमारमा स्वास्थ्य सेवा प्रदान गरी फर्कियो नेपाली सेनाको चिकित्सकीय टोली, कतिको भयो उपचार ?
-
प्राधिकरणको बोर्ड बैठक : विद्युत दुर्घटनाका पीडितलाई १० लाखसम्म राहत दिने निर्णय
-
स्वास्थ्य मन्त्रालयद्वारा नागरिकले निःशुल्क प्राप्त गर्ने स्वास्थ्य सेवा सम्बन्धी सबै विवरण सार्वजनिक
-
सकेसम्म आम सहमतिका आधारमा संविधान संशोधन हुन्छ : सञ्चारमन्त्री