भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्न प्रधानमन्त्री बझाङ प्रस्थान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको अवस्था बुझ्न बझाङतर्फ गएका छन् । शुक्रबार नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत हुँदै बझाङ जाने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
टोलीमा प्रधानमन्त्री प्रचण्डसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, बझाङका सांसद भानुमक्त जोशी गृह सचिव, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण प्रमुखलगायत रहेका छन् ।
सदरमुकाम चैनपुर आसपासको क्षेत्रमा स्थलगत अनुगमन गर्ने, जिल्ला विपत व्यवस्थापन समितिको छलफलपश्चात रातह र व्यवस्थापनका लागि आवश्यक निर्देशन दिने कार्यक्रम रहेको छ । प्रधानमन्त्री अझै काठमाडौँ फर्किने प्रधानमन्त्रीको सचिवालयले बताएका छन् ।
सोमबार चैनपुरलाई केन्द्रबिन्दू बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प जाँदा एक जनाको मृत्यु, १८ जना घाइते, निजी घर तीन सयबढी भत्किएको र २१ वटा सरकारी घर चर्किएको जिल्ला प्रशासन कार्यलयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा