त्रिवि सेवा आयोगमा नेविसंघले लगायो ताला, शिक्षकको अन्तरवार्ता स्थगित

काठमाडौँ । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा ताला लगाएको छ । नेविसंघको तालाबन्दीका कारण आज बिहानका लागि तोकिएको परीक्षा स्थगित भएको छ । तालाबन्दीका कारण आज बिहान १० बजेदेखि हुने भनिएको उप–प्राध्यापक, सह–प्राध्यापक र प्राध्यापक पदको अन्तर्वार्ता स्थगित भएको हो ।
नेविसंघ त्रिवि समितिले विगतमा विवादास्पद परीक्षा र मूल्याङ्कनका विषयमा आवश्यक छानबिन नगरी अपारदर्शी र अनियमित प्रक्रियाबाट अगाडि बढ्न खोजेको भन्दै तालाबन्दी गरेको जनाएको छ । सभापति विष्णु बडैलाले विवादास्पद विज्ञापन र मूल्याङ्कनका आभारमा त्रिवि सेवा आयोगले गर्ने काम कारबाही विश्वविद्यालयको हितमा नहुने भन्दै प्रकाशित अन्तर्वार्ता लगायतका कार्यक्रम तत्काल रोक्न माग गरेको हो ।
नेविसंघले आयोगका अध्यक्ष प्राडा घनश्याम भट्टराई र सदस्य प्राडा हेमराज ढकाललाई विश्वविद्यालय प्रदेशमा नै निषेध गरेको छ । विगतमा गरिएका विज्ञापनमा भएको अपारदर्शिता र अनियमितताका विषयमा छानबिन गरेर मात्रै नयाँ प्रक्रिया अगाडि बढाउनुपर्ने नेविसंघको माग छ । एकातिर अदालतमा विचाराधीन अवस्थामा रहेको विज्ञापनको प्रक्रिया अगाडि बढाउन खोजेको तथा अर्कोतिर अपारदर्शी ढङ्गबाट अगाडि बढ्न खोजेको नेविसंघको आरोप छ ।
आयोगले यसअघि खोलेका कर्मचारीतर्फका विभिन्न विज्ञापन र शिक्षकतर्फको विभिन्न पदको परीक्षाबारे अदालत, अख्तियार लगायतका निकायमा मुद्दा चलिरहेको छ । यस्तो अवस्थामा आयोगले थप प्रक्रिया अगाडि बढाउन खोजेको भन्दै त्यसमा ठुलो आर्थिक चलखेल समेत हुने गरेको भन्दै त्यसलाई रोक्न तालाबन्दी र प्रवेश निषेध गरिएको सभापति बडैलाले बताए ।
देशका सक्षम व्यक्तिहरूलाई प्राध्यापक बन्ने अवसर दिनुको साटो सेटिङमा काम गर्न खोजिएको उनको आरोप छ । लामो समयदेखि सेवा आयोगको अध्यक्ष नियुक्ति हुन सकेको थिएन । गत साउन ३० गते त्रिवि कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भट्टराईलाई अध्यक्षमा नियुक्त गरेका थिए । अध्यक्ष नियुक्त भएपछि विगतमा रोकिएका विज्ञापनको भर्ना प्रक्रिया अगाडि बढाएका थिए । तर, त्यसको निष्पक्षतामाथि प्रश्न उठाउँदै नेविसंघले तालाबन्दी गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सशस्त्र प्रहरी बल, नेपाल विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत
-
‘वित्तीय सङ्घीयता’ शीर्षकमा ल्याएको भनिएको रकमबारे प्रस्ट पार्न सरकारसँग माग
-
कुर्स्कका बासिन्दाहरूलाई निकाल्न युक्रेनसँग ‘सम्झौता’ भएको रुसको भनाइ
-
कृषि मन्त्रालयले रोक लगाएको दुग्धजन्य वस्तु भन्सारबाट धमाधम भित्रिँदै
-
न्युजिल्याण्डसामु २ सय ३६ रनमा समेटियो बंगलादेश
-
सीमा अपराध न्यूनीकरण गर्न सशस्त्र प्रहरीसम्बन्धी कानुन संशोधन गर्न लागिएको होः गृहमन्त्री