कांस्य पदकका लागि साउदीका प्रतिद्वन्द्वीसँग भिडन्त गर्दै छन् कराँते खेलाडी विप्लव
शुक्रबार, १९ असोज २०८०, ०९ : ५७
![कांस्य पदकका लागि साउदीका प्रतिद्वन्द्वीसँग भिडन्त गर्दै छन् कराँते खेलाडी विप्लव](https://npcdn.ratopati.com/media/news/asian-games_JLR6HbyaG2.webp)
काठमाडौँ । चीनमा जारी १९औँ एसियाली खेलकुद प्रतियोगिताको कराँतेमा नेपाली खेलाडी विप्लवलाल श्रेष्ठले शुक्रबार कांस्य पदकका लागि भिडन्त गर्दै छन् । विप्लवले साउदी अरेबियाका खेलाडी तारेग हमेदीसँग कांस्य पदकका लागि भिडन्त गर्नेछन् ।
विप्लवले कराँतेको कुमिते पुरुष ८४ केजीभन्दा माथिको तौल समूहमा प्रतिस्पर्धा गर्दै छन् । शुक्रबार नै भएको आफ्नो पहिलो खेलमा विप्लवले ताजिकिस्तानका खेलाडी उमेद साफारोभलाई १२—४ अंकले हराएका थिए । त्यसपछि उनी प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेका थिए ।
क्वार्टरफाइनल खेलमा भने उनी किर्गिस्तानका खेलाडी सादिकानोभ अदिलेतसँग १—५ अंकले पराजित भएका थिए । क्वार्टरफाइनलमा पराजित भएपछि रेपेचागेको पहिलो खेलमा उनले ‘बाई’ पाएका थिए । उक्त खेलमा ‘बाई’ पाएर विप्लवले साउदी अरेबियाका खेलाडीसँग कांस्य पदकका लागि भिडन्त पक्का गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
-
माघमा गणेशको महिमा र स्तुति
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान
-
डेनमार्क बन्यो विश्वकै कम भ्रष्टाचार हुने देश (सूचीसहित)