कनवे र रवीन्द्रसामु नतमस्तक बन्यो इंग्ल्याण्ड

अहमदाबाद । रचिन रवीन्द्र र डेभन कनवेको शतकीय पारीको मद्दतले न्युजिल्याण्डले साबिक विजेता इंग्ल्याण्डमाथि ९ विकेटको शानदार जीत हासिल गरेको छ । १३ औँ एकदिवसीय विश्वकपको उद्घाटन खेलमा इंग्ल्याण्डले प्रस्तुत गरेको २ सय ८३ रनको लक्ष्य न्युजिल्याण्डले ८२ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पछ्याएको हो ।
न्युजिल्याण्डका लागि कनवेले नटआउट रहँदै १ सय ५२ रनको विस्फोटक पारी खेले । उनले मात्र १२१ बलमा १९ चौका र ३ छक्का हिर्काए । त्यस्तै, रवीन्द्रले पनि नटआउट रहँदै ९६ बलमा १ सय २३ रन बनाए । उनले ११ चौका र ५ छक्का हिर्काए । उनी खेलमा प्लेयर अफ द म्याच चुनिए ।
न्युजिल्याण्डले खेलमा एक मात्र विकेट विल यङको गुमायो । उनलाई साम करनले शून्यमा आउट गरेका थिए ।
गत संस्करणको फाइनलको ‘रिप्ले’ खेलमा टस हारेर पहिले ब्याटिङ गर्दै इंग्ल्याण्डले ९ विकेटको क्षतिमा २ सय ८२ रन बनाएको थियो ।
इंग्ल्याण्डका लागि जो रुटले सर्वाधिक ७७ रनको योगदान दिए । ८६ बलको सामना गर्दै रुटले ४ चौका र एक छक्का हिर्काए । उनलाई कप्तान जोस बट्लरले ४३ रन बनाउँदै राम्रो साथ दिए । म्याट हेनरीको शिकार बन्न अघि बट्लरले ४२ बलमा दुई चौका र दुई छक्का प्रहार गरे ।
त्यसैगरी ओपनर जोनी बेयर्सटोले ३५ बलमा ३३ रनको पाली खेले भने ह्यारी ब्रुकले २५ रनको योगदान दिए । यता इंग्ल्याण्डलाई रोक्न म्याट हेनरीले ३ विकेट लिए भने मिचेल स्यान्टनर र ग्लेन फिलिप्सले २–२ विकेट लिए । ट्रेन्ट बोल्ट र रचिन रवीन्द्रले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक संकटमा ‘आइरन म्यान २’ का खलनायक, भन्छन्–‘ममाथि करोडौँको ऋण छ’
-
दक्षिण एसियामा अन्य देशको तुलनामा नेपाली ‘मिडिया’ स्वतन्त्र छन् : जबरा
-
‘सिरियल किसर’ को ट्यागले हैरान इमरान
-
दरभङ्गामा दुई दिन : याद र अनुभूति
-
प्रहरी कर्मचारीको राजीनामा स्वीकृत नगर्न सर्कुलर
-
वर्षापछि खुल्यो काठमाडौँ उपत्यकाको मौसम (तस्बिरहरू)