समाचार
जहाज फिर्ता आएको घटनामा वायुसेवा निगमका दुई म्यानेजरलाई ड्यूटी अफ
बिहीबार, १८ असोज २०८०, २० : ०९
![जहाज फिर्ता आएको घटनामा वायुसेवा निगमका दुई म्यानेजरलाई ड्यूटी अफ](https://npcdn.ratopati.com/media/news/fly-nepal-airlines_jpfRkCeZ8J.jpg)
काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले वायुसेवा निगमका दुई म्यानेजरलाई ड्यूटी अफ गरेको छ । काठमाडौँबाट साउदी अरबको दमामका लागि उडेको नेपाल एअरलाइन्सको जहाज बीच बाटोबाटै फर्किएको घटनामा प्राधिकरणले बिहीबार निगमका दुई म्यानेजरलाई ड्यूटी अफ गरेको हो ।
बुधबार राति सवा ११ बजे काठमाडौँबाट साउदीको दमाम जान उडेको नेपाल एयरलाइन्सको आरए २४१ जहाज पाकिस्तानको कराँचीबाट पुनः नेपाल फिर्ता भएको थियो ।
नाइनएन–एकेएक्स जहाजको मर्मतमा संलग्न ड्यूटी मेन्टिनेन्स म्यानेजर र निगमको कन्टिनियुङ एयरवर्दिनेस (सीए) म्यानेजरलाई कारबाही गरेको जनाइएको छ ।
अर्को निर्णय नगरेसम्म कारवाही हुने प्राधिकरणले जनाएको छ । नेपाल वायुसेवा निगमले २०८० भाद्र २० गतेदेखि काठमाडौँबाट साउदी अरेवियाको दमाममा नियमित सिधा उडान सुरु गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गणेशजीको बार आज कसलाई कति लाभ ? हेर्नुहोस् राशिफल
-
दशौँ राष्ट्रिय खेलकुद : भारात्तोलन र जुडोका खेलाडी छानिए
-
फेरि बढ्यो अमेरिकी डलरको भाउ, अन्य विदेशी मुद्रा कसको मूल्य कति ?
-
गर्मी बढेसँगै धरहरा चढ्ने समय बढ्यो
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप