सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको छः सचेतक बर्तौला

काठमाडौँ । नेकपा एमालेका सचेतक महेश बर्तौलाले मुलुक धार्मिक युद्धतफ जानसक्ने खतरा देखिएको बताएका छन् ।
बिहीवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले वर्तमान सरकारले शुरुदेखि नै संविधानलाई किर्ते गर्ने काम गरेको बताए । उनले सरकार कमाउ धन्दामा लागेको आरोप लगाए । उनले सरकारको संलग्नतामा कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको बताए ।
‘यो सरकारले संविधानलाई किर्ते गर्ने काम शुरुदेखि नै गरेको छ । नागरिकता विधेयकका नाममा, अघिल्लो संसदले अघिल्लो सभामुखले, अघिल्लो राष्ट्रपतिलाई पठाएको विषयलाई वर्तमान संसदलाई छलेर यो सरकारले वर्तमान राष्ट्रपतिलाई किर्ते गर्न लगाएको छ । आज मुलुकको हर क्षेत्र तहसनहस भएको छ । अर्थतन्त्र डामाडोल भएको छ । सरकारको संलग्नतामा आज कयौँ मेट्रिकटन चिनी अवैध ढंगबाट कालोबजारी भइरहेको छ । सरकारको नालायकीपनले मुलुक अफ्ठ्यारोमा फसेको छ,’ उनले भने ।
सचेतक बर्तौलाले सत्तासिन दलका कार्यकर्ता छानिछानि सरकार टिकाउनका लागि क्रुरताकासाथ सरकारले मानव अधिकार उल्लंघनका दोषीलाई कैद मिनाह गरेर छुटाइरहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा पहिलो पटक स्काईवेल पाइलट समिट हुँदै
-
शिक्षकहरूको आन्दोलनले यात्रुलाई सास्ती
-
तातोपानी नाकालाई थप व्यवस्थित गर्न परराष्ट्रमन्त्री राणाको निर्देशन
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’