एमाले गण्डकी अधिवेशन : साढे ४ घण्टामा ५ सय मत खस्यो
पोखरा । नेकपा एमाले गण्डकीको अधिवेशन अन्तर्गत अहिलेसम्म ५ सय मत खसेको छ । ९ सय ७ मतदाता रहेकोमा मतदान सुरु भएको करिब साढे ४ घण्टामा ५ सय मात्रै मत खसेको निर्वाचन संयोजक सुरेन्द्र थापामगरले जानकारी दिए । मतदानमा ३३ वटा भोटिङ मेसिन प्रयोग भएको छ ।
एक जनाले मतदान सक्न ३५ मिनेटसम्मको समय लाग्ने थापाको भनाई छ । मतदानका लागि साढे ५ बजेसम्मको समय दिइएको छ । तोकिएको समयभित्र मतदान नसकिने लगभग निश्चित छ । मतदान सकिएको साढे २ घण्टामा सबै नतिजा आइसक्ने थापाले सुनाए ।
‘मतदानको समय १ घण्टा मात्रै बाँकी छ । आधा जसो मत खसेको छैन,’ उनले भने, ‘मतदानको समय थप्ने वा नथप्ने भन्ने छलफल चलेको छैन । सबैले मतदान गर्न समय नथपी सम्भव हुँदैन ।’ नेतृत्वका लागि नवराज शर्मा र मायानाथ अधिकारी चुनावी मैदानमा छन् ।
मतदानस्थलमा उम्मेदवारहरुले प्यानलसहित चिट वितरण भैरहेको प्रतिनिधिहरुले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन