१३ औँ विश्वकपमा अर्धसतक बनाउने पहिलो ब्याट्सम्यान जोए रुट

काठमाडौँ । इङ्ल्यान्डका जोए रुट आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करणमा अर्धसतक प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले विश्वकपको उद्घाटन खेलमै न्युजिल्यान्डविरुद्ध अर्धसतक बनाएका हुन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रुटले २९।४ ओभरमा अर्धसतक पुरा गरेका हुन् । उनले न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टको बलमा एन रन लिँदै अर्धसतक पुरा गरे ।
यसैगरी इङ्ल्यान्डका जोनी बेयरस्ट जारी विश्वकपमा छक्का प्रहार गर्ने पहिलो खेलाडी बनेका छन् । उनले पहिलो ओभरको दोस्रो बलमै छक्का हिर्काएका थिए । उनले न्युजिल्यान्डका बलर ट्रेन्ट बोल्टको बलमा छक्का प्रहार गरेका थिए ।
जारी विश्वकपमा पहिलो चौका प्रहार गर्ने खेलाडी पनि उनी नै हुन् । उनले पहिलो ओभरको पाँचौं बलमा चौका हिर्काएका थिए । यसका अतिरिक्त जारी विश्वकपमा रनको खाता खोल्ने ब्याट्सम्यान पनि उनी नै हुन् ।
यसैगरी जारी विश्वकपमा पहिलो विकेट लिने बलर न्युजिल्यान्डका म्याट हेनरी हुन् । उनले सातौं ओभरको चौथो बलमा इङ्ल्यान्डका ब्याट्सम्यान डेविड मलानको विकेट लिएका थिए । उनले मलानलाई विकटकिपर टम लाथममार्फत क्याच गराएका थिए । यसरी टम लाथम पनि जारी विश्वकपमा पहिलो क्याच लिने खेलाडी बन्न पुगे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विद्यालय शिक्षा विधेयक : उपसमितिबाट ७६ दफा पारित, २० दफामा व्यापक छलफल
-
बमजनलाई सफाइ दिँदै उच्चले भन्यो, ‘हदम्याद नाघेपछि मुद्दा चलाउनु न्यायिक अराजकता’ (पूर्णपाठ)
-
साउनदेखि क्षतिग्रस्त सडकको पुनर्निर्माण हुने, कुन सडकको कस्तो छ अवस्था ?
-
हेटौँडा अस्पतालको बोर्ड तोडमोड गर्नेमाथि अनुसन्धान गर्न ५ दिनको म्याद थप
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
च्याम्पियन्स लिग सेमिफाइनल : रियल र बायर्नसम्मको बिचल्ली, चारभित्र सबै टोली फरक राष्ट्रका