म मन्त्री बनेर आएपछि ४ अर्ब ऋण तिरियो, निगमसँग १ अर्ब ६५ करोड रुपैयाँ छ : किराती

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल वायुसेवा निगम ४८ अर्ब ऋणमा रहेपनि आफू मन्त्री बनेर आइसकेपछि ४ अर्ब ऋण तिरिसकेको बताएका छन् । उनले अहिले निगमसँग १ अर्ब ६५ करोड रकम रहेको र त्यसले साना जहाज खरिद प्रक्रियामा लागेको बताए ।
उनले इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी निगम नाफामा नभएपनि आफू आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको दाबी गरे ।
बिहीबार सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा उनले भने, ‘वायुसेवा निगमको इतिहास लामो छ । हामीसँग धमिजा, लाउडादेखि लिएर ठूला ठूला काण्डहरु व्यहोर्दै आएको यो आफैँमा ४८ अर्ब ऋण छ । कोभिड कालमा पनि विभिन्न ठाउँबाट रेस्क्यु गर्दा जहाज नै अघि सरेको थियो । हामी मन्त्रालयमा आइसकेपछि ४ अर्ब ऋण तिरेका छौँ । पहिलो पटक २ अर्ब ९४ करोड र पछिल्लो समय १ अर्ब र अहिले पनि हामीसँग १ अर्ब ६५ करोड पैसा छ । साना जहाज खरिद प्रक्रियामा हामी अघि बढेका छौँ । इतिहासदेखि अहिलेसम्मको ऋण मुक्त हुनेगरी नाफा हुने कुरा भएन हामीसँग ६ वटा मात्रै जहाज छ, हामी आइसकेपछि सञ्चालन कस्टमा नाफा भएको छ ।’
उनले चिनियाँ जहाज अहिले पनि घाटामा रहेको बताए । उनले चिनियाँ जहाजमा पार्टपूर्जाको समस्या र पार्टपूर्जा लिन पनि वर्षौं लाग्ने गरेको भन्दै चिनियाँ जहाज घाटामा रहेको बताए । उनले रेष्टुरेण्ट र हवाई चलाउने ऐन नेपालमा एउटै रहेको भन्दै असन्तुष्टि जनाए ।
मन्त्री किरातीले युरोपियन युनियनको कालोसूचिबाट नेपाल चाँडै नै हट्नेमा आशावादी रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश अल्पाइन स्पोर्टस्मा राजेन्द्रको अध्यक्षतामा नयाँ नेतृत्व
-
अमेरिकी सेयर बजारमा गएको पहिरोबारे के भन्छन् ट्रम्प ?
-
जीवनजल लिन घण्टौँ पैदलयात्रा गर्नुपर्ने अवस्था अन्त्य
-
‘संविधान संशोधनको लागि सबै दलहरू मिल्नुपर्छ’
-
म्याग्दी र कालीगण्डकी नदीको कटान रोक्न ग्याबियन पर्खाल निर्माण
-
‘सञ्चो’ कम्पनीमा २८ करोड क्षति : पुनः सञ्चालन सम्भव छ ?