विद्युत सवस्टेशनबारे आन्दोलित लप्सेफेदीका स्थानीयसँग वार्ता गर्न सांसद गौतमको माग
बिहीबार, १८ असोज २०८०, १४ : ०५

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौतमले आन्दोलित शंखरापुर–३ लप्सेफेदीका स्थानीयसँग वार्ता गरेर समस्याको समाधान गर्न आग्रह गरेकी छिन् ।
बिहिबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद गौतमले सो स्थानमा बन्न लागेको अपर तामाकोशीको विद्युत प्रशारण लाइन सवस्टेशनको सन्र्दभमा करिब १७ सय रोपनी स्थानीयवासीको जग्गा रोक्का रहेको बताइन् ।
उनले मानव वस्ती बीचबाट प्रशारण लाइन लैजाँदा त्यहाँका जनताले असुरक्षाको महशुस गरेको जानकारी गराइन । लामो समयदेखि स्थानीयहरु मानव बस्तीबाहिर प्रशारण लाइन लैजान माग गर्दै आन्दोलित रहेको बताउँदै सांसद गौतमले त्यसबारेमा स्थानीयबासी प्रतिनिधिसँग सरकारले बार्ता गरी समाधान गर्नका लागि माग गरेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक आन्दोलनका कारण परीक्षा स्थगित
-
बोक्चेगौडा सडक चार दिनमा खुला गरिने
-
कृष्णभिरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु
-
१० बजे १० समाचार : सिंहदरबारबाट पक्राउ परेका राप्रपा नेता रिहा, देउवा किन जाँदैछन् थाइल्याण्ड ?
-
विद्यालय शिक्षा विधेयकमाथि छलफल गर्न बिहान साढे ८ बैठक बोलाइयो
-
तोकिएको समयमा फेसबुक लगायतका सामाजिक सञ्जाल दर्ता भएनन्, अब के हुन्छ ?