विश्वकपको पहिलो खेलमा न्युजिल्याण्डद्वारा पहिले बलिङ गर्ने निर्णय

काठमाडौँ । आईसीसी एकदिवसीय विश्वकपको १३औँ संस्करण बिहीबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल साबिक विजेता इङ्गल्यान्ड र साबिक उपविजेता न्युजिल्यान्डबीच हुनेछ । उद्घाटन खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा खेलिने छ ।
पहिलो खेलमा न्युजिल्याण्डले इंग्लयाण्डविरुद्ध बलिङ गर्ने भएको छ । न्युजिल्याण्डका टम ल्याथमले टस जितेर पहिले ब्याटिङ गर्ने बताएका हुन् । खेल नेपाली समयअनुसार दिउँसो २ः१५ बजे सुरु हुनेछ । नरेन्द्र मोदी स्टेडियम विश्वकै सबैभन्दा ठुलो क्रिकेट रंगशालामध्येको एक हो । त्यो रङ्गशालाको दर्शक क्षमता एक लाख ३० हजार रहेको छ ।
इङ्गल्यान्ड र न्युजिल्यान्डबीचको उद्घाटन खेलमा कुमार धर्मसेना र नितिन मेननले फिल्ड अम्पायरको भूमिका निर्वाह गर्नेछन् । फिल्ड अम्पायरद्वय धर्मसेना र मेननलाई टिभी अम्पायर पल विल्सन, फोर्थ अम्पायर साहिद सैकत र म्याच रेफ्री जभागल श्रीनाथले साथ दिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘के घर के डेरा : घर नं २’ सिक्वेल होइन - निर्देशक दीपेन्द्र
-
भुकुटीमण्डपमा नेपाल दन्त सामग्री र नेपाल अप्टीकल एक्स्पो सम्मेलन सुरू (तस्बिरहरु)
-
संघीय निजामती विधेयकको प्रतिवेदनमाथि छलफल सुरु
-
शिक्षा ऐन जारी गराउन क्रान्तिकारीद्वारा संघर्षको कार्यक्रम घोषणा
-
राष्ट्रिय स्केटबोर्ड च्याम्पियनसिप सुरु
-
शिक्षकको मागप्रति सरकार गैरजिम्मेवार बन्दै गएको छ : पुष्पराज कुँवर (भिडियो कुराकानी)