यहाँ १३ लाख तिरेपछि भाडामा पाइन्छ आमा

घर छोडेर बाहिर पढ्न जाँदा छोराछोरीले के खालान्, कसरी बस्लान् भन्ने पिर आमाबुवालाई सधैँ हुन्छ । अझ काम गर्ने बानी नपरेका बच्चाको चिन्ता बढी लाग्छ, कसरी खाना पकाउलान्, लुगा के गरी धोलान्, आइरन गर्छन् कि गर्दैनन् लगायत । आमाबुवाको यस्तै चिन्ता हटाउने उद्देश्य बोकेको एउटा विशेष सेवा उपलब्ध छ ।
पिपल डट कमको रिपोर्ट अनुसार अमेरिकामा कलेजका विद्यार्थीका लागि ‘रेन्ट अ मम’ अर्थात् आमालाई भाडामा लिने सेवा वर्षौँदेखि चल्दै आएको छ । यसमा जुन महिला विद्यार्थीका लागि आमा बन्नेछिन्, उनले साँच्चैको आमाले दिने माया र केयर दिनेछिन् । भाडाकी आमाले कलेजका विद्यार्थीका लागि मार्गदर्शनदेखि उनीहरूको खानपिन, लत्ताकपडा सम्हाल्ने लगायतका काम गर्नेछिन् ।
१३ लाखमा पाइन्छ भाडाकी आमा
आमालाई भाडामा लिनका लागि वार्षिक रूपमा १० हजार डलर अर्थात् १३ लाख रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । ट्यामी कुमिन नामकी महिला हाल ७० वर्ष पुगिन् । उनले यस्तो सेवा प्रदान गर्दै आएकी छिन् । उनी ३ सन्तानकी आमा र ६ नातिनातिनाकी हजुरआमा हुन् । यो उमेरमा पनि उनी किनमेल गर्न सक्छिन्, खाना पकाउन सक्छिन् र लुगा धुने, घर सफा गर्नेलगायतका काम गर्छिन् । उनलाई भाडामा लिनेहरूका लागि उनले आमाको भूमिका निभाउँछिन् । कनसियर्ज सर्भिस फर स्टुडेन्ट नामबाट उनले आफ्नो सेवा प्रदान गरिरहेकी छिन् । उनले प्रि–बोर्डिङ स्कूल, बोर्डिङ स्कूल र कलेजका विद्यार्थीका लागि काम गर्छिन् ।
सन् १९९३ देखि चल्दै आएको छ यो सेवा
ट्यामी कुमिनले सन् १९९३ बाट यो सेवा प्रदान गरिरहेकी छिन् र अमेरिकीलगायत उनले अन्तर्राष्ट्रिय विद्यार्थीलाई पनि उक्त सेवा प्रदान गर्दै आएकी छिन् । उनलाई भाडामा लिएपछि वास्तविक आमाबुवा आफ्ना सन्तानका लागि निश्चिन्त हुन सक्ने उनी बताउँछिन् । भाडाकी आमाले विद्यार्थीको पढाईमा सघाउनेदेखि, ब्युटी र स्पाको अपोइन्टमेन्ट बुक गर्न, डिनर रिजर्भेसन गर्न, जिमको मेम्बरसिपका साथै घरको फर्निचर खोज्ने, पार्टीको योजना बनाउन, डाक्टर र बैङ्किङमा पनि सहयोग गर्नेछिन् । २४ सै घण्टा अन कल असिस्टेन्ट पाइनेछ । उनको सेवा पाउने विद्यार्थीहरुले उनीबाट भरपुर अपनत्व र मद्दत पाइरहेको बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेको मण्डनदेउपुर नगरपालिकामा बुधबार सार्वजनिक बिदा
-
हार्डवेयर पसलका सञ्चालकविरुद्ध राजस्व छलीको मुद्दा
-
घट्यो पेट्रोल र डिजेलको मूल्य
-
पेट्रोलियम पदार्थको मूल्य घट्यो, अब लिटरमा कति ?
-
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक सुरु
-
जलविद्युतको बीमालाई डिट्यारिफ गर्ने सहमति कार्यान्वयन गर्न बीमा प्राधिकरणसँग इप्पानको माग