शुक्रबार, २३ फागुन २०८१
ताजा लोकप्रिय

दूध किसानलाई रकम भुक्तानीको व्यवस्था गर्न सांसद दीपक सिंहको माग

बिहीबार, १८ असोज २०८०, १३ : ४५
बिहीबार, १८ असोज २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले दूध विक्रेता किसानले दसैँको मुखमा भुक्तानी नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले दूध खरिद गर्ने कम्पनीहरूले खरिद गरेको दूधको रकम भुक्तानी नगरेकोले किसान मर्कामा परेको बताए । 

नेपाल कृषिप्रधान देश भनेर ठुला ठुला कुरा गर्ने गरिएको तर लम्की स्कीन रोग तथा दूधको रकम भुक्तानी नहुँदा किसानको ढाड भाँचिएको उनले बताए ।  सांसद सिंहले भने– ‘अहिले यता डीडीसी र प्राइभेट दूध कम्पनीहरूले किसानहरूलाई दूधको पैसा भुक्तानी गरेको छैन । डीडीसीले किसानहरूको लागि अहिलेसम्म झन्डै ५० देखि ५५ करोडसम्म दिएको छैन भने प्राइभेट डेरीहरूले २ अर्ब ५० करोडभन्दा बढी रकम भुक्तानी दिएको छैन ।’

उनले दसैँ अगाडिसम्म चाँडोभन्दा चाँडो डीडीसी  र निजी दूध कम्पनीहरूबाट किसानलाई दूधको रकम दिलाउने व्यवस्था गर्न माग गरे । उनले दसैँको बेला किसानको बिचल्ली हुन नदिन आवश्यक कदम उठाउन सरकारलाई आग्रह गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप