एमाले गण्डकी अधिवेशन : मतदान सुरु
बिहीबार, १८ असोज २०८०, १२ : ४८
पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन अन्तर्गत मतदान सुरु भएको छ । केहीबेर अघिदेखि मतदान सुरु भएको निर्वाचन संयोजक सुरेन्द्र थापा मगरले जानकारी दिए ।
'मतदान सुरु भएको छ । केही मत खसेपछि अध्यक्षका उम्मेदवारले अनुगमन पनि गर्नुभएको छ । अहिले मतदान निरन्तर भएको छ', उनले भने ।
मगरका अनुसार गण्डकी ९०७ जना मतदाता छन् । अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।निवर्तमान अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारी नेतृत्वको लागि प्रतिस्पर्धामा छन् । दुवै जना प्यानल सहित प्रतिस्पर्धामा उत्रिएका हुन् ।
शर्मालाई केन्द्रीय उपमहासचिव पृथ्वी सुब्बा गुरुङले समर्थन गरेका छन् भने अधिकारीलाई केन्द्रीय सदस्य खगराज अधिकारीले साथ दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रामग्राममा बुद्धकालीन सहरको संरचना भेटिएको दाबी
-
मनमोहन : आर्थिक उदारीकरणका नायक, अथार्थवादी नेता
-
मनमोहन सिंहको निधनबारे के भन्यो अस्पतालले ?
-
१२ बजे, १२ समाचार : भारतीय पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनदेखि अदालतमा रविको ३ घण्टा बयानसम्म
-
मोदीले यसरी सम्झिए पूर्वप्रधानमन्त्री मनमोहन सिंहसँगको गहिरो सम्बन्ध
-
भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधन