एक्समा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने
बिहीबार, १८ असोज २०८०, १२ : ११

पहिले ट्विटर भनेर चिनिने एक्समा अब समाचार सेयर गर्दा शीर्षक नदेखिने भएको छ । कम्पनीका मालिक एलन मस्कले पोस्टलाई हेर्दा चिटिक्क देखिने बनाउने घोषणा गरेको केही समयपछि यस्तो परिवर्तन आएको हो ।
ट्विटरमा पोस्ट गरिएका लिङ्कमा अब समाचारको फोटो मात्रै देखिन्छ । प्रयोगकर्ताले पेज भिजिट गर्न चाहेमा फोटोलाई क्लिक गर्नै पर्छ ।
यो परिवर्तन आइओएस र डेस्कटप प्रयोगकर्ताका लागि बुधवारदेखि लागू गरिएको छ ।
यो परिवर्तनका लागि गत अगस्टदेखि काम भइरहेको थियो । योजनाबद्ध रूपमा गरिएको यो परिवर्तनपछि मस्कले लेखे, ‘यो परिवर्तन मबाट सिधै आएको छ । साजसज्जामा थप परिवर्तन हुनेछ ।’
अघिल्लो वर्ष मस्कले ट्विटर किनेपछि यसमा एक एक गरी व्यापक परिवर्तन देख्न पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालीनाली वन्यजन्तुको आहारा बन्न थालेपछि धान लगाउने खेतमा माछापालन
-
स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार
-
प्रतिनिधि सभा सदस्यको एक स्थान रिक्त भएको आधिकारिक जानकारी
-
धोनीले कप्तानी सम्हालेकै खेलमा चेन्नई ध्वस्त, कोलकातासँग ८ विकेटको हार
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?