हुन्डाईले 'फेस्टिभ कार्निवल' आयोजना गर्ने

काठमाडौँ । नेपालीहरुको महान चाड बडा दसैँ, तिहार र छठको उपलक्ष्यमा हुन्डाई नेपालले "हुन्डाई फेस्टिभ कार्निवल" गर्ने भएको छ । आउँदो शुक्रबार असोज १९ गते देखि २१ गते सम्म देशभरका आफ्ना सबै शोरुमबाट कार्निवल सञ्चालन हुने जनाइएको छ। हुन्डाई फेस्टिभ कार्निवल, आफ्ना ग्राहकहरुसँग प्रत्यक्ष भेटघाट गरी शुभ–कामना आदानप्रदान गर्दै विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाइने कम्पनीको भनाइ छ।
कार्निवलमा हुण्डाईको सबै शोरुमहरुमा फरक-फरक कार्यक्रमहरु आयोजना गरिनेछ। LIVE Food Stalls, LIVE सांगितिक प्रस्तुति, Kids Play Zone, गाडीसम्बन्धि आवश्यक विभिन्न DIY Tips & Tricks, निःशुल्क गाडीको परीक्षण तथा चेक जाँच, मूल्यांकन तथा एक्सचेन्ज सुविधा, ईभि गाडी सम्बन्धि विशेष जानकारी तथा अन्तरक्रिया कार्यक्रम, ईभि हाई भोल्टेज ब्याट्री चेकअप ,मोटोर र्याली जस्ता अरु विभिन्न कार्यक्रम संचालन हुने कम्पनीको भनाइ छ।
कार्निवललाई अझै रोचक र प्रतिस्पर्धी बनाउन हुण्डाई TikTok Contest, 'EXTER Treasure Hunt', Daily 'Test Drive & Win' र महिला चालकहरुप्रति लक्षित Hyundai 'Wheels on Heels' जस्ता कार्यक्रमहरुपनि आयोजना गरिनेछ। कार्नीवल मा आयोजना गरिएका प्रतियोगितामा सहभागीभै विजेता हुनेले विश्व प्रसिद्ध ब्रान्ड BOSCH तथा WHIRLPOOL का वाशिङ मसिन, माइक्रोवेव ओवन, मिक्सर ग्राइन्डरहरु पाउन सक्ने कम्पनीले जनाएको छ।
नेपालका लागि हुण्डाईका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टीनेटल रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : भैरहवा कारागारको ४ नम्बर ब्लकमा रविदेखि माओवादीको ८ बुँदे सर्कुलरसम्म
-
सामुदायिक वनभित्र महिलाको शव फेला
-
भारतमा एक्कासि किन बढाइयो घरेलु ग्यास सिलिन्डरको मूल्य ?
-
धरानका मेयर हर्कराज भन्छन् - प्रधानमन्त्रीको आश्वासनमा शंका छैन, तर विश्वास लाग्दैन
-
राप्रपाको प्रदर्शनअघि सुरक्षा प्रमुखले बोलाए सुरक्षा बैठक
-
नेपालको सर्वोच्च अदालत र भारतको सर्वोच्च अदालतबीच न्यायिक सहयोगको क्षेत्रमा समझदारीपत्रमा हस्ताक्षर