रोहतो मेन्थोलेटम नेपालद्वारा ललितपुरमा आँखा शिविर सम्पन्न

काठमाडौँ । रोहतो मेन्थोलेटम नेपालले राजधानीमा नि:शुल्क आँखा जाँच शिविर कार्यक्रम सञ्चालन गरेको छ। कार्यक्रमको मुख्य उद्देश्य स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका नागरिकहरुमा आँखाको स्वास्थ्य प्रवर्द्धन गर्नका साथै आँखा हेरचाहका लागि आवश्यक सामग्रीहरू उपलब्ध गराउनु भएको कम्पनीले जनाएको छ ।
ललितपुरमा आयोजित एकदिने निःशुल्क आँखा जाँच शिविरमा त्यस क्षेत्रको समुदायका ३५० भन्दा बढी व्यक्तिले लाभ उठाएका थिए । उक्त शिविरमा सबै उमेरका व्यक्तिहरूलाई अनुभवी नेत्ररोग विशेषज्ञद्वारा नि:शुल्क आँखा परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। साथै रोहतोले नि:शुल्क आँखा जाँचका लागि आएकाहरूमध्ये बाट १५ जनालाई नि:शुल्क मोतियाबिन्दुको शल्यक्रिया पनि प्रदान गरिएको जनाइएको छ । जसलाई रोहतोको सहायक कम्पनीले उत्पादन गरेको इन्ट्रा ओकुलर लेन्स (आईओएल) प्रत्यारोपण गरिनुका साथै धेरै बिरामीलाई चश्मा तथा अन्य आवश्यक औषधिहरूपनि उपलब्ध गराइएको जनाइएको छ ।
उक्त शिविर लायन्स क्लब इन्टरनेशनल, जिल्ला ३२५ एच, नेपालको व्यवस्थापकीय सहयोग तथा बि.पि. आँखा फाउन्डेशन (चियर्स अस्पताल) को प्राविधिक सहयोगमा आयोजना गरिएको थियो भने जावलाखेल हस्तकला केन्द्र, एकान्तकुनाबाट स्थल प्राप्त भएको थियो ।
रोहतो फार्मास्युटिकल जापानिज रोहतो मेन्थोलाटम नेपालको मूल कम्पनी हो । उक्त कम्पनी विश्वको नम्बर एक आइड्रप उत्पादन गर्ने कम्पनीको रुपमा परिचित छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान
-
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप : तस्बिरमा हेर्नुहोस् पुरस्कार वितरण कार्यक्रम