विश्वकप २०२३ : प्रभाव पार्न सक्ने खेलाडी – ट्रेन्ट बोल्ट (न्युजिल्यान्ड)

काठमाडौँ । पहिलो संस्करणदेखि नै सहभागिता जनाउँदै आए पनि हालसम्म विश्वकपको उपाधि जित्न नसकेको अभागी टोली हो, न्युजिल्यान्ड । यो टोली सन् २०१५ र सन् २०१९ मा लगातार विश्वकपको फाइनलसम्म पुगेको थियो । तर, दुवै पटक फाइनलमा पराजित हुन पुग्यो ।
यसपटक पनि न्युजिल्यान्डलाई बलियो दाबेदारका रूपमा हेरिएको छ । अनि, न्युजिल्यान्डले सबैभन्दा बढी भरोसा गरेको खेलाडी हुन्, बलर ट्रेन्ट बोल्ट । ३४ वर्षीय बोल्ट न्युजिल्यान्डको टोलीका अनुभवी खेलाडी पनि हुन् ।
खासगरी उनले न्युजिल्यान्डको बलिङको भार उठाउँदै आएका छन् । उनी बायाँहाते मध्यमतेज गतिका बलर हुन् । आवश्यक पर्दा उनी टोलीका लागि उत्कृष्ट ब्याटिङ गर्न पनि उत्तिकै खप्पिस छन् । उनले हालसम्म देशका लागि एक सय चारवटा एकदिवसीय प्रतियोगिता खेलिसकेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक सय ९७ विकेट लिइसकेका छन् । एकदिवसीय क्रिकेटमा उनको उत्कृष्ट बलिङ ३४ रन दिएर सात विकेट हो । उनले एकदिवसीय क्रिकेटमा ६ पटक पाँच वा सोभन्दा बढी विकेट लिएका छन् ।
बोल्टले इङ्ल्यान्डका लागि ७८ टेस्ट पनि खेलेका छन् । टेस्ट क्रिकेटमा उनले तीन सय १७ विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनको उत्कृष्ट बलिङ ३० रन दिएर ६ विकेट हो । टेस्ट क्रिकेटमा उनले १० पटक पाँच वा सोभन्दा बढी विकेट लिएका छन् । टेस्ट क्रिकेटमा उनले ब्याटिङतर्फ अर्धशतकीय पाली पनि खेलेका छन् ।
यसैगरी उनले इङ्ल्यान्डका लागि ५५ वटा टी—२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेर ७४ विकेट लिएका छन् । टी—२० क्रिकेटमा उनको उत्कृष्ट बलिङ केवल १३ रन दिएर चार विकेट हो । उनले दुई पटक चार विकेट लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्षासंगै आएको बाढीले क्षति
-
कारागारमा रवि लामिछाने : खानामा दाल, भात, तरकारी नै रुचाउँछन्
-
आर्सनलसँगको नमिठो हारपछि क्लब छाड्दै रियल मड्रिडका मुख्य प्रशिक्षक
-
कक्षा १० को उत्तरपुस्तिका परीक्षण र कक्षा १२ को परीक्षा सञ्चालनमा सहयोग गर्नुस् : राष्ट्रिय परीक्षा बोर्ड
-
एआईजी बढुवा– राष्ट्रिय अनुसन्धानबाट आएकाहरू सिफारिस भएनन्
-
पाइप फुटेपछि थापाथली कोरिडोरमा बिजोग (तस्बिरहरू)