प्रादेशिक प्रहरी भर्नाको तयारी
पर्सा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेश २ मा प्रादेशिक प्रहरी भर्ना गर्न प्रदेशसभाबाट निर्णय गरी संघलाई सहमतिका लागि पठाइएको जानकारी दिएका छन् ।
दुई हजार ६१७ औँ महावीर ज्यन्तीका अवसरमा जैन श्वेताम्बर तेरापंथी सभाले आज यहाँ आयोजना गरेको कार्यक्रम उनले संघीय सरकारको सहमतिपछि प्रादेशिक प्रहरी भर्ना शुरु हुने बताए। उनले प्रदेश सकारले प्रहरी भर्ना गरेपछि अपराध न्यून भई सुशासन कायम हुने जिकिर गरे ।
सो अवसरमा प्रदेश नं २ का भौतिक पूर्वधार तथा योजनामन्त्री जीतेन्द्र सोनलले वर्ग, क्षेत्र र जात/जातिबीचको विभेदलाई हटाउँदै राजनीतिक रुपमा सबै नागरिकलाई समान अधिकार दिए मुलुकमा दिगो शान्ति कायम हुने बताए ।
पर्साको ठोरीलाई ३ नं प्रदेशमा मिलाउने भनी सो प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले व्यक्त गरेको भनाइको प्रतिवाद गर्दै मन्त्री सोनलले पर्सा जिल्लाको एक इञ्च भूभाग पनि कसैलाई नदिइने प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा