एनआरएनएको सचिवमा कृष्णजिवी पन्थको उम्मेदवारी घोषणा
काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) को सचिवमा कृष्णजिवी पन्थले उम्मेदवारी घोषणा गरेका छन् । पन्थले एनआरएनएको ११ औं महाधिवेशनमा सचिवमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।
अमेरिका बस्दै आएका पन्थले संस्थालाई एकताबद्ध गर्दै गरिमा बढाउन लागिपर्ने बताए । देशले एनआरएनहरुबाट ठूलो अपेक्षा गरेको बताउँदै नेपालको समृद्धिमा योगदान गर्न र विदेशमा बस्ने नेपालीहरुको हक सुरक्षित गर्न आफुले रणनीतिक योजना बनाएको उनको भनाइ छ ।
वैदेशिक रोजगारीको क्रममा मृत्यु भएका नेपाली श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डमार्फत उपलब्ध गराउँदै आएको आर्थिक सहायता कम्तीमा १५ लाख रुपैयाँ पुर्याउने व्यवस्था मिलाउन पहल गर्ने उनको प्रतिबद्धता छ ।
श्रम स्वीकृति नलिई वा श्रम स्वीकृतिको अवधि समाप्त भई मृत्यु भएका श्रमिकका परिवारले पनि राहत रकम पाउने व्यवस्था मिलाउनुपर्ने उनले बताए । नेपाल सरकार, वैदेशिक रोजगार व्यवसायी संघ र दातृ निकायसँग समन्वय गरी १० करोडको श्रमिक कल्याण कोष खडा गर्नै पन्थले बताए । नेपालको तनहुँमा जन्मिएका पन्थको पहलमा सल्यानको कुमाख गाउँपालिका १ को टाट्के चौरमा प्रसूति गृह तथा स्वास्थ्य सेवा केन्द्र बनाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालिमाटीमा महिलाको शव बोकेर हिँड्ने युवक पक्राउ
-
गलत तरिकाले दाँत माझिरहनु भएको त छैन ?
-
संभलमा जामा मस्जिद सर्वेक्षणको समयमा हिंसा, ३ जनाको मृत्यु
-
चार महिनामा करिब ४१ अर्बको विदेशी लगानी प्रस्ताव, २४२ उद्योग दर्ता
-
सुन र चाँदी सस्तिने भो
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते