इन्जिनियरिङ क्षेत्रको शैक्षिक वातावरण खल्ब्याउने षडयन्त्रको भयो : ऋषि कोइराला

काठमाडौँ । नेपाल इन्जिनियरिङ एसोसिएसन नेता तथा वरिष्ठ इन्जिनियर ऋषि कोइरालाले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा शुल्कवृद्धि प्रकरणले सिर्जना गरेको विवादलाई लिएर चिन्ता व्यक्त गरेका छन् ।
नेपाल भ्यालुअर्स एसोसिएसन र बीपी स्टडी युथ सर्कलका केन्द्रीय अध्यक्षसमेत रहेका कोइरालाले आज बुधवार एक प्रेस विज्ञप्ती जारी गर्दै इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई राजनीतिको तुच्छ खेल मैदान बनाइनु दूर्भाग्य भएको बताए ।
इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा डीन र विद्यार्थीहरुकाबीचमा सतहमा शुल्कवृद्धि मूल कारण देखिए पनि भित्री विषयमा भने समग्र नेपालको शैक्षिक वातावरण खल्ब्याउने षडयन्त्रको गन्ध देखिएको उनको भनाइ छ ।
देश निर्माणको सुन्दर खाका कोर्ने दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्ने थलो विश्वविद्यालयमा लाज्जावोध हुने हर्कत देखिनु प्राज्ञिक जगतमा बौद्धिक दिवालियापन भएको कोइरालाले बताए ।
आफ्नो क्षणिक तुच्छ स्वार्थकालागि अहिलेसम्मकै प्रतिष्ठित र उच्च मान्यताप्राप्त इन्जिनियरिङ क्याम्पसलाई राजनीतिकरण गरेर भाले जुधाईको थलो बनाउनु देशकै दूर्भाग्य भएको उनको विज्ञप्तीमा उल्लेख छ ।
कोइराला भन्छन्, ‘एकातिर अब्बल प्रतिभा भएका विद्यार्थी दिन प्रतिदिन विदेश पलायन हुनु, देशमा भएका प्रतिष्ठित शैक्षिक संस्थाहरुलाई विद्यार्थीको भविष्यमाथि खेलावाड गर्दै विभिन्न बहानामा विवादमा ल्याईनुले देश कता जाँदैछ भन्ने प्रष्ट सङ्केत गर्दछ । विश्वविद्यालयका उच्चपदस्थ अधिकारी, शिक्षा मन्त्रालय र सिङ्गो सरकारले इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकलाई राजनीतिक स्वार्थ भन्दा माथि उठेर हस्तक्षेपकारी भूमिका निर्वाह नगर्ने हो भने स्थित काबू बाहिर जान सक्ने अवस्था विद्यमान छ।’
विद्यार्थीहरुको भविष्य सूनिश्चित गर्न छिटोभन्दा छिटो सरकाले पहल गरी समस्या समाधानको बाटो पहिल्याउनुपर्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा
-
‘बौद्धदर्शनको प्रसारमा योगदान गर्ने व्यक्तित्वबारे अनुसन्धान गरिने’