आमिर खानको फिल्ममा सनी देओल मुख्य भूमिकामा रहने
बुधबार, १७ असोज २०८०, २२ : ०७

मुम्बई । अभिनेता आमिर खान र सन्नी देओल फिल्म ‘लाहोर, १९४७’ मा एक साथ आउने भएका छन् । आमिर खानले सामाजिक सञ्जाल एक्समा यसको घोषणा गरेका हुन् ।
‘आमिर खान प्रोडक्सन’ अन्तर्गत बन्न लागेको यो फिल्मलाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन् भने सनी देओल मुख्य भूमिकामा रहनेछन् । खानले उनी र उनको टिम देवल र सन्तोषीसँग काम गर्न उत्साहित रहेको बताएका छन् ।
दुवै स्टारले सन्तोषीसँग यसअघि विभिन्न फिल्ममा काम गरिसकेका छन् । तर यो प्रोजेक्टबाट लागि उनीहरु पहिलो पटक एकसाथ आउँदैछन् ।
सन्तोषीको फिल्म ‘घायल’, ‘घातक’, ‘दामिनी’मा सन्नी देओल देखिएका थिए भने आमिर खानले उनीसँग ‘अन्दाज अपना अपना’मा काम गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिभावकको दबाबले खुल्न थाले इलामका सामुदायिक विद्यालय
-
तरबुजा खेती गरेरै जीविका चलाउँदै दुई सय परिवार
-
शिक्षक आन्दोलन जारी, प्रहरी धरपकडको विरोध
-
संविधान संशोधनलाई गम्भीर रूपमा लिइएन भने यो ‘पेन्डोराज् बक्स’ हुन सक्छ : प्रचण्ड
-
मौरी पालेर वार्षिक आठ लाखभन्दा बढी आम्दानी
-
सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै