राजधानीमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु (फोटोफिचर )
_LhYWfbYiRH.jpg)
काठमाडौँ । बुधबारदेखि राजधनीमा चट्याङसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । सम्मेलनको बागमती प्रदेशका कृषी तथा पशुपन्छी मन्त्री डाक्टर राजेन्द्र मान श्रेष्ठले उद्घाटन गरे । उनले मुलुकका ७७ जिल्ला मध्ये मकवानपुर सबैभन्दा धेरै चट्याङको जोखिममा रहेको भन्दै त्यसको न्यूनिकरणका लागि सरकारले आवश्यक काम गरिरहेको बताए ।
अमृत साइन्स क्याम्पस द्वारा आयोजित ‘लाईटेनिङ इलेक्ट्रोम्याग्नेटिक्स् एन्ड एप्लिकेशन अब सेमिकन्डक्सन मेटेरियल’ नामक अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलनमा मन्त्री श्रेष्ठले मकवानपूरमा चट्याङका कारण क्षति कम गर्ने विषयमा छलफल हुने गरेको दाबी गरे ।
‘यो कार्यक्रम यस कारण पनि महत्वपूर्ण छ र हाम्रो ध्यानाकर्षण गरेको छ । देशका ७७ जिल्ला मध्ये बागमती प्रदेशको मकवानपुर जिल्लामा सबैभन्दा धेरै मानिसहरुको ज्यान गुमाउने गरेका छन्’ उनले भने ‘ त्यसैले पनि यो विषयमा प्रदेश सभा र प्रदेश सरकारको बैठकमा समेत चट्याङबाट जीवन रक्षा र भौतिक पूर्वाधारको क्षति रोक्न आवश्यक भूमिका खेल्ने विषयमा पटक पटक छलफल हुने गरेको छ ।’ कमभन्दा कम क्षति होस भन्ने हेतुले आवश्यक प्रयास गरिएको उनको दाबी छ ।
त्यस्तै प्रोफेसर म्यारी आन कोपरले, चट्याङका विषयमा प्रयाप्त जनचेतनाको अभावले समस्या भएको बताइन् । जीवन र सुरक्षाको सवालमा संचार माध्यमले फैलाउने जनचेतनाको भूमिका महत्वपूर्ण हुने उनले बताइन् ।
त्यस्तै प्रोफेसर, लिला प्रधान जोशीले नेपालकै पहिलो विज्ञान क्याम्पसको रुपमा स्थापित अस्कल क्याम्पसले विज्ञान तथा प्रविधिको क्षेत्रमा प्रभावकारी भूमिका लेखेको बताइन् । कुनैपनि प्रकोपको कारण पत्ता लगाउन सक्ने हो भने त्यसको क्षति न्यूनिकरणका लागि भूमिका खेल्न सकिने भएकाले त्यसका लागि विज्ञान प्रविधिको क्षेत्रमा थप अनुसन्धान हुन जरुरी रहेको बताइन् ।
सम्मेलनमा अन्तर्राष्ट्रियस्तरका विषयविज्ञ, अनुसन्धानकर्ताहरूका साथै राष्ट्रका विषयविज्ञ, अनुसन्धानकर्ता र विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूबीचमा हाल भैरहेका अनुसन्धान कार्यहरू एक आपसमा आदान(प्रदान गराउने उद्देश्यले सम्मेलनको आयोजना गरिएको क्याम्पसको भौतिकशास्त्र विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामाजिक अधिकार एक सेन्टिमिटर पनि तलमाथि हुँदैन : प्रधानमन्त्री
-
नेपाल विश्वकै प्रदूषित सहरको सूचीमा, वायु गुणस्तर ‘अत्यन्तै अस्वस्थकर’
-
स्याङ्जामा मगर दिवस मनाइँदै
-
रिलका लागि छुट्टै एप ल्याउँदैछ इन्स्टाग्राम ?
-
अस्ट्रेलियन स्पिनर म्याथ्यू कहनेम्यानले पाए आईसीसीबाट सफाइ
-
सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम