पाकिस्तान : अफगान शरणार्थी नागरिकलाई दुई महिनाभित्र देश छोड्न निर्देशन

इस्लामावाद । पाकिस्तान सरकारले अफगानिस्तानबाट गैरकानुनी रूपमा आएका शरणार्थीहरूलाई नोभेम्बरसम्म देश छोड्न निर्देशन दिएको छ। पाकिस्तानमा १७ लाख अफगान शरणार्थी रहेको अनुमान गरिएको छ ।
यस वर्ष पाकिस्तान र अफगानिस्तानबिच दुवै देशको सीमामा धेरै चरमपन्थी हमला भएपछि तनाव बढेको छ। पाकिस्तानले सीमा क्षेत्रमा भएका आक्रमणका लागि अफगानिस्तानमा रहेका विद्रोहीलाई दोष दिएको छ । तर तालिवान प्रशासनले यसलाई अस्वीकार गरेको छ।
पाकिस्तानले मंगलबार ‘अवैध’ आप्रवासीविरुद्ध कारबाही गर्ने घोषणा गरेको थियो । गत हप्ता अफगानिस्तानसँग सीमा जोडिएको पाकिस्तानको मस्तुङ सहरको मस्जिदमा भएको विस्फोटमा परी कम्तीमा ५० जनाको मृत्यु भएको थियो ।
तर, पाकिस्तानका गृहमन्त्री सरफराज बुग्तीले अवैध आप्रवासीविरुद्ध कारबाही गर्ने घोषणा गर्दा उनले प्रत्यक्ष रूपमा अफगानिस्तानको नाम भने लिएनन् । सन् २०२१ मा अफगानिस्तानमा तालिबान सत्तामा फर्किएपछि पाकिस्तानले त्यहाँका हजारौँ मानिसहरूलाई आफ्नो देशमा स्थान दिएको थियो।
संयुक्त राष्ट्रसंघका अनुसार करिब १३ लाख अफगानी शरणार्थीका रूपमा दर्ता भएका छन् । जसमा ८ लाख ८० हजार अफगानीले कानुनी रूपमा बस्ने अनुमति पाएका छन् ।
तर पाकिस्तानका गृहमन्त्रीले यी सबै बाहेक पनि थप १७ लाख अफगानीहरू पाकिस्तानमा गैरकानुनी रूपमा बसिरहेको दाबी गरेका छन् । स्वेच्छाले जाने होस् या जबरजस्ती पठाइए पनि नोभेम्बरको अन्त्यसम्ममा उनीहरू देश बाहिर जानुपर्ने बुग्तीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना