सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा खेलाइने
बुधबार, १७ असोज २०८०, २१ : २६

काठमाडौँ । सन् २०३० को विश्वकप तीन महादेशका ६ देशमा आयोजना हुने विश्व फुटबलको नियामक निकाय फिफाले पुष्टि गरेको छ ।
स्पेन, पोर्चुगल र मोरोक्कोलाई सह–आयोजक घोषणा गरिएको हो भने सुरुवाती तीन खेल तीन दक्षिण अमेरिकी राष्ट्रहरू उरुग्वे, अर्जेन्टिना र पाराग्वेमा खेलाइनेछ । मोन्टेभिडियोमा विश्वकप सुरु भएको १ सय वर्ष पुगेको अवसरमा तीन खेल त्यहाँ खेलाइन लागेको हो ।
यो निर्णयलाई आगामी वर्ष आयोजना हुने फिफाको कङ्ग्रेसमा पारित गरिने बताइएको छ । ‘विभाजित विश्वमा, फिफा र फुटबल एकताबद्ध हुँदैछ,’ फिफा अध्यक्ष जियानी इन्फान्टिनोले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तटीय क्षेत्रका बस्ती संरक्षण गर्न १३ स्थानमा तटबन्ध
-
यी ७ राष्ट्र छनोट भए, ५६ राष्ट्रको सम्भावना ५० प्रतिशत
-
न्युजिल्याण्डविरुद्ध पाकिस्तानको हारको शृंखला जारी
-
वीरगन्ज महानगरपालिका-१६ मा महिलाको शव फेला
-
स्वस्तिमा, प्रियंका, नीतिलगायत दर्जन सेलिब्रेटीले गरे फेसन शो
-
शुक्रबार भएको समाजवादी मोर्चाको प्रदर्शनले बहुआयामिक सन्देश दिएको छ : माओवादी केन्द्र