कपिलवस्तुमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु
बुधबार, १७ असोज २०८०, २० : २५
बुटवल । कपिलवस्तुमा सर्पले टोक्दा दिदीबहिनीको मृत्यु भएको छ । मंगलबार राति सर्पले टोकेर घाइते भएका वाणगंगा नगरपालिका–९ भलवाडका दिदी बहिनीको उपचारका क्रममा बुधबार लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको हो ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका सूचना अधिकारी डा। नेत्रबहादुर रानाले भलवाड निवासी ३ वर्षीय रीतिका क्षेत्रीको बिहान र ८ वर्षीय इशिका क्षेत्रीको साँझ उपचारको क्रममा मृत्यु भएको बताए ।
उनीहरूलाई गएराति घरमा सुतिरहेको अवस्थामा सर्पले टोकेको पारिवारिक स्रोतले जनाएको छ । सर्पले टोकेको थाहा पाएपछि दुबैलाई बिहान उपचारका लागि कपिलवस्तु सर्प दंश उपचार केन्द्र गोरुसिंगेमा लगिएको थियो । गोरुसिंगेबाट थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा थप उपचारको लागि ल्याइएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘पिताम्बर’ का दर्शक भेट्न किन हलमा पुगे प्रदीप र दिव्या ?
-
ऋग्वेदका ऋचा रच्ने लोपामुद्रा को थिइन् ?
-
जिन्दगानी हाम्रो यो दुई दिनलाई...
-
जीवन भोगाइ र अनुभवको लिखित सँगालो नै पुस्तक हो : पूर्व प्रधानन्यायाधीश कार्की
-
‘मलाई धर्म परिवर्तन गर्न कहिल्यै दबाब दिइएन’
-
शनिबार पनि उपसमितिको छलफल : शिक्षा विधेयकमा कति दफामा जुट्यो सहमति ?