रियलमीको सी ५१ र सी ५३ बजारमा
![रियलमीको सी ५१ र सी ५३ बजारमा](https://npcdn.ratopati.com/media/news/realme_CWTH8Mky9p.jpg)
काठमाडौँ । रियलमीले दुई नयाँ स्मार्टफोन रियलमी सी ५१ र रियलमी सी ५३ बजारमा ल्याएको छ ।
रियलमी सी ५१ मा भएको ३३ वाटको सुपरभोक फास्ट चार्जरको मद्दतले ० देखि ५०% सम्म मात्र २८ मिनेटमा नै चार्ज हुनसक्छ । ५० मेगापिक्सेल एआई क्यामाराको मद्दतले रियलमी सी ५१ ले असाधारण क्रिएटीभिटी प्रदान गर्दै अति आकर्षक तस्बिरहरू निकाल्दछ ।
१२८ जिबीको स्टोरेज भएको यस रियलमी सी ५१ मा सबै एप, तस्बिर र अत्यावश्यक फाइलहरूका लागि पर्याप्त स्पेस छ । ४ जिबीको बिल्ट–इन र्यामका साथै डिआरइ टेक्नोलोजीमार्फत थप ४ जिबी र्याम बढाउन पनि मिल्छ ।
५००० एमएएचको हेभी ब्याट्री पावरले ग्राहकहरुलाई दिनभर भिडियो हेर्न अथवा खेल खेल्न प्रशस्त पावर पनि हुन्छ । रियलमी सी ५१ मा फास्ट पर्फमेन्स र प्रभावकारी प्रोसेसिङको लागि पावरफुल अक्टा–कोर चिपसेट राखिएको छ ।
आकर्षक १७.१३ सिएम (६.७४ इन्च) ९० हर्ज डिस्प्लेमा रहेको मिनी क्याप्सुलले सिमलेस तथा भाइब्रेन्ट भिजुअल अनुभव प्रदान गर्दछ । प्रशस्त स्टोरेज र आकर्षक डिस्प्लेयुक्त सी ५१ ले आधुनिक स्मार्टफोनहरूको लागि नयाँ बेन्चमार्क सेट गरेको छ ।
त्यस्तै रियलमी सी ५३ मा १०८ मेगापिक्सेल अल्ट्रा क्लियर क्यामेरा रहेको छ । यसमा १८ वाट क्विक चार्जको सुविधा भएको रियलमी सी ५३ मा शक्तिशाली ५००० एमएएचको विशाल ब्याट्री राखिएको छ जसले गर्दा दिनभरि फोन चलाउँदा पनि समस्या हुँदैन । यसमा १७.१३ सेन्टिमिटर (६.७४ इन्च) ९० हर्जको डिस्प्ले रहेको छ ।
अक्टा–कोर चिपसेटले एडभान्स टेकनोलोजी र इफिसियन्ट प्रोसेसिङ क्षमताहरूको साथमा उत्कृष्ट पर्फरमेन्स तथा अनुभव सुनिश्चित गर्दछ ।
रियलमी सी ५१ दुई कलर मिन्ट ग्रिन र ब्ल्याकमा उपलब्ध छ भने रियलमी सी ५३ गोल्ड र ब्ल्याक कलरमा उपलब्ध छ । रियलमी सी ५१ जिबी ६४ जिबि भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १५,९९९ रहेको छ । त्यस्तै, रियलमी सी ५३ ४ जिबी १२८ जिबी भेरियन्टमा उपलब्ध छ र यसको मूल्य रु. १७,९९९ रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले ल्याएको अध्यादेश पास हुन सक्ने स्थिति छैन: प्रचण्ड
-
जसपा नेपालको संसदीय दलको बैठक सिंहदरबारमा
-
माघमा गणेशको महिमा र स्तुति
-
दरबारमार्ग क्षेत्रको फुटपाथमा ग्रेनाइट लगाउँदै महानगर (तस्बिरहरू)
-
टीकापुरमा ‘भ्यालेन्टाइन–डे’का दिन गुलाफका १० हजार बिरुवा रोपिने
-
पुँजी वृद्धि प्रस्तावसहित एनआईशी एशिया बैंकको साधारणसभा आह्वान