ईपीजी प्रतिवेदन नेपाल सरकारले एकतर्फी रुपमा भएपनि ग्रहण गर्नुपर्छ : सूर्यनाथ उपाध्याय

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले प्रबुद्ध व्यक्ति समूह (इपीजी)ले बुझाएको प्रतिवेदन नेपाल सरकारले ग्रहण गर्नुपर्ने बताएका छन् ।
इपीजीका सदस्य समेत रहेका उनले भारतले स्वीकार गर्न मानेन भन्दैमा सो प्रतिवेदन नेपालले पनि स्वीकार गर्ने काम गर्न नहुने बताए ।
बुधवार राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उपाध्यायले सो प्रतिवेदन ग्रहण गरेर दुई मुलुकबीचमा देखिएको सबै समस्या समाधान हुने दाबी समेत गरे । दुई मुलुकबीचको खुला सीमाका कारण नेपालको राष्ट्रियतानै धरापमा पर्ने अवस्था आएको औँल्याउँदै उनले त्यसको निराकरण गर्नका लागि पनि नेपाल सरकारले सो प्रतिवेदन एकतर्फी रुपमा ग्रहण गरेर भएपनि दुई मुलुकबीच देखिएको समस्या समाधान गर्न लाग्नुपर्ने बताए ।
उपाध्यायले देशको सुरक्षामाथि गम्भीर चुनौतीहरू देखा परिरहेकाले पनि भारतसँगको सम्बन्धलाई अझ मजबुत बनाउन नेपाल सरकार लाग्नुपर्ने बताए ।
केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७२ साल फागुन ७ गते दुई मुलुकबीचको सबै समस्या समाधान गर्ने ध्येयका साथ सो प्रबुद्ध व्यक्ति समूह (ईपीजी) गठन गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सन्दीप लामिछाने नेतृत्वको नेपाल रातोको सहज जित
-
नेपालमा कोरियन ब्रान्डको चाउचाउ उत्पादन सुरु, कति पर्छ मूल्य ?
-
भारतको पहलगाममा भएको आक्रमण विरुद्ध जनकपुरमा प्रदर्शन
-
प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत सडक स्तरोन्नति
-
दुई विधेयक पारित गरेर प्रतिनिधिसभा बैठक शुक्रबारसम्म स्थगित
-
१५ अङ्कले घट्याे नेप्से परिसूचक, सात अर्ब ५७ करोडको कारोबार