सामाजिक सञ्जालमा साम्प्रदायिक सदभावमा खलल पुग्ने सामग्री पोस्ट नगर्न प्रहरीको अनुरोध

काठमाडौँ । प्रहरीको साइबर ब्युरोले सामाजिक सञ्जालमा जातीय, धार्मिक र साम्प्रदायिक सदभाव खलल पुग्ने सामग्री पोस्ट नगर्न नराख्न आग्रह गरेको छ । बुधवार साइबर ब्युरोका प्रहरी उपरीक्षक पशुपतिकुमार रायले सूचना प्रकाशन गरेर त्यस्ता सामग्री प्रकाशन गरेको पाइए कारबाही गर्ने चेतावनी दिएका छन् ।
राष्ट्रिय सुरक्षा र राष्ट्रिय एकतामा आँच पुग्ने तथ्यहीन विषयवस्तु र व्यक्तिको प्रतिष्ठा तथा आत्मसम्मानमा ठेस पुग्ने सामग्री प्रकाशन र प्रदर्शन नगर्न ब्युरोले आग्रह गरेको छ । ब्युरोले जारी गरेको सूचनामा भनिएको छ– ‘जातीय भेदभाव, छुवाछुत र श्रमप्रति अवहेलनाका साथै शान्ति सुरक्षा भङ्ग हुने कार्यलाई बढवा दिने सामग्री प्रकाशन तथा प्रदर्शन नगर्न नगराउन साइबर ब्युरो सवैमा अनुरोध गर्दछ ।’
कानुले रोक लगाएका सामग्री विद्युतीय माध्यममा प्रकाशन वा प्रदर्शन गरेमा कानुन बमोजिम कारबाही हुने ब्युरोले चेतावनी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१६ बैंकले ब्याजदर यथावत् राख्दा तीन बैंकले घटाए, एउटाको बढ्यो
-
च्यासलमा एमाले सचिवालय बैठक जारी
-
भारतमा लुक्दा प्रसाईंले भेटे हिन्दुवादी अगुवा र बाबा
-
कांग्रेसले महाधिवेशन गर्न नसक्ने भ्रातृ संस्थाबारे छलफलपछि मात्रै निर्णय लिने
-
निलम्बित न्यायाधीश भुवन गिरी कारागारबाट छुटे
-
छुट्टाछुट्टै दुर्घटनामा एक जनाको मृत्यु, तीन जना घाइते