मुक्तिनाथमा केबलकार बनाउन भारतको के एन्ड आर इन्जिनियरिङसँग सम्झौता

काठमाडौँ । मुक्तिनाथ केबलकार परियोजना अघि बढाउन भारतको के एन्ड आर रेल इन्जिनियरिङसँग सम्झौता सम्पन्न भएको छ । मुक्तिनाथ दर्शन प्रालिले हैदराबादस्थित इन्जिनियरिङसँग प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।
लगानी बोर्डबाट स्वीकृति प्राप्त आयोजना बनाउन भएको सम्झौतासँगै उक्त कम्पनीले सो परियोजनाका ईपीसी ठेक्का लिने छ । यस्तै, परियोजना कर्जा अपरिवर्त्य मुद्रामा उपलब्ध समेत गराउनेछ । परियोजनाको विस्तृत परियोजना प्रतिवेदन अध्ययन सकिएको दुई वर्ष भई सकेको छ ।
यस्तै, वातावरणीय प्रभाव मूल्याङ्कन अन्तिम चरणमा छ । परियोजनालाई आवश्यक पर्ने जग्गा ९० प्रतिशत खरिद प्रक्रियामा गई सकेको छ । अव कर्जा स्वरूप आवश्यक पर्ने रकम ईपीसीएफबाट व्यवस्था गर्ने भएपछि परियोजनाको वित्तीय स्रोत लगभग जुटिसकेको अवस्था छ ।
परियोजनामा २ प्रतिशत लागत प्रभावित क्षेत्रलाई आरक्षित शेयरबाट व्यहोरिने छ भने ७ प्रतिशत सर्वसाधारणका लागि शेयर निश्कासन हुनेछ बाँकी ११ प्रतिशत प्रवर्द्धक शेयर रहनेछ । यो ५५ अर्ब अनुमानित लागत रहेको परियोजना हो । कम्पनीले परियोजना विकास गर्न बाँकी प्रशासनिक र कानुनी प्रक्रिया समाप्त पारेपछि उक्त कम्पनीसँग तत्कालीन अवस्थाको मूल्य निर्धारणका आधारमा पूर्ण सम्झौता हुनेछ ।
शिलान्यास भएको मितिले बढीमा ४८ महिनामा परियोजना सम्पन्न हुने कम्पनीले जनाएको छ । समझदारी पत्रमा कम्पनीका तर्फबाट प्रवन्ध संचालक श्रीधर सापकोटा र ठेकेदारकारतर्फबाट इन्जिनियरिङका अध्यक्ष कुरु प्रविर काल्राले हस्ताक्षर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन