सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यासब्याक योजना सार्वजनिक
बुधबार, १७ असोज २०८०, १६ : २०
![सानिमा बैंकको मोबाइल बैंकिङमा विशेष क्यासब्याक योजना सार्वजनिक](https://npcdn.ratopati.com/media/news/cashback-design-nepali_sItxUqtltm.jpg)
काठमाडौँ । सानिमा बैंकले फोनपे प्रा.लिसँगको सहकार्यमा सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोगकर्ताका लागि विशेष क्यासब्याक योजना ल्याएको छ । यो योजना कार्तिक मसान्त सम्म लागू हुने बैंकले जनाएको छ ।
यस अन्तर्गत, पहिलो पटक सानिमा सजिलो इबैंकिङ्ग सेवा प्रयोग गर्ने ग्राहकहरुलाई एयरलाइन्सको टिकट खरिदमा ५ प्रतिशत वा अधिकतम रु २००, विजुलीको बिल तिर्दा २ प्रतिशत वा अधिकतम रु २५ र इन्टरनेटको बिल तिर्दा २ प्रतिशत वा अधिकतम रु ५० सम्मको क्यासब्याकको व्यवस्था गरिएको छ ।
मोबाइल बैंकिङ्ग प्रयोग नगरेका ग्राहकलाई प्रोत्साहन गर्न बैंकले यो योजना ल्याएको जनाइएको छ । योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई “पहिलोलाई प्राथमिकता” को आधारमा क्यासब्याक प्रदान गरिने बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाथीभरा आन्दोलनरतपक्ष र गृहमन्त्रीबिच सोमबार छलफल हुन्छ : भट्टराई
-
मुख्य उद्देश्यबाट विमुख उड्डयन प्राधिकरण विधेयक
-
वैकल्पिक राजनीतिक शक्ति निर्माणमा यस्ता छन् बाबुराम भट्टराईका आधार (पूर्णपाठसहित)
-
माओवादी राजनीतिमा औपचारिक रूपमा फर्किए पासाङ, पाए ‘विशेष जिम्मेवारी’
-
धार्मिक सहिष्णुता खलल गरेको आरोपमा एक जना पक्राउ
-
भूमिहीनलाई सरकारी जग्गा होइन, रोजगारी दिनुपर्छ : प्रेम सुवाल