कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गत साउन २८ गतेको बाढीले क्षतिग्रस्त बनेको मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनी क्षेत्रको पुनर्निर्माणमा प्रदेश सरकारले सहयोग गर्ने जानकारी दिएका छन् ।
बाढी प्रभावित क्षेत्रको आज स्थलगत अवलोकन गर्दै उनले सङ्घीय सरकार, स्थानीय तह र दातृ निकायसँग सहकार्य गरेर बाढीबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माण गरिने बताए । “स्रोतसाधनले भ्याएसम्म प्रदेश सरकारले कागबेनीको पुनर्निर्माणमा सहयोग गर्छ, दातृ निकायबाट पनि सहयोग जुटाउन पहल भइरहेको छ”, मुख्यमन्त्री पाण्डेले भने, “तीनै तहका सरकारको सामूहिक प्रयासबाट मात्रै कागबेनी क्षेत्रको पुनर्निर्माण छिटो र सहज हुन्छ ।”
उनले बाढीले क्षतिग्रस्त बनाएका भौतिक संरचना, गुम्बा, धर्मशाला लगायतको अवलोकन गरेका थिए । मुख्यमन्त्री पाण्डेले मुस्ताङ, मनाङलगायत हिमाली क्षेत्रको विकासका लागि प्रदेश सरकारले योजना र बजेट वृद्धि गरेको उल्लेख गरेका थिए ।
मुख्यमन्त्री पाण्डेसहित प्रदेशसभा सदस्य योगेश गौचन, विकल शेरचन, नाम्डु गुरुङ, बिमला गौचन, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष ढा कृष्णचन्द्र देवकोटालगायतको टोलीले बाढी प्रभावित क्षेत्रको अवलोकन गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मातातीर्थमा विद्युत् आपूर्ति पुनः सुचारु
-
नयाँ वर्ष २०८२ सालको पहिलो दिन पशुपतिनाथ मन्दिरमा दर्शन गर्नेको घुइँचो (तस्बिरहरू)
-
सिराहाबाट खैरो हेरोइनसहित युवक पक्राउ
-
रहेनन् नोवेल पुरस्कार विजेता ल्याटिन अमेरिकी लेखक ल्वोसा
-
भारतीय वायु सेनाको विमान उडिरहेको समयमा ‘साइबर हमला’को सिकार
-
फिल्म ‘सिटामोल’को प्रदर्शन मिति घोषणा, पाेष्टर सार्वजिनक