भ्रातृ सङ्गठनलाई जसपाले काट्यो पत्र
बुधबार, १७ असोज २०८०, १५ : ५४
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना भ्रातृ सङ्गठनलाई लेखा परीक्षण प्रतिवेदन बुझाउन पत्र काटेको छ ।
पार्टी निकट बौद्धिक पेसाकर्मी महासङ्घ, ट्रेड युनियन महासङ्घ, युवा सङ्घ, विद्यार्थी युनियन, महिला सङ्घलगायतका सम्पूर्ण भ्रातृ सङ्गठन तथा पेसागत सङ्गठनलाई २०७९–८० को आम्दानी र खर्चको लेखा परीक्षण मान्यता प्राप्त लेखा परीक्षकबाट गराई तयार गरिएको प्रतिवेदन केन्द्रीय आर्थिक विभागमा अनिवार्य बुझाउन भनिएको छ ।
भ्रातृ संगठनलाई लेखा परीक्षण प्रतिवेदन बुझाउन यही असोज मसान्तसम्मको समयसीमा तोकिएको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सानेपामा भारतीय नम्बरको ट्रकले ४ वटा गाडीलाई ठक्कर दियो, २ जना घाइते
-
चार महिनामा १० अर्बको खाद्यान्न आयात
-
नेपाल वायुसेवा निगमले माथिल्लो भाडादरमा अन्तर्राष्ट्रिय टिकट नबेच्ने
-
राष्ट्रिय गौरवका आयोजनाहरूमा देखिएका समस्याको समाधान तत्काल गर्न प्रधानमन्त्रीको निर्देशन
-
पूर्वमन्त्रीको संलग्नतामा मानव तस्करी प्रकरण : प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन
-
काठमाडौँ महानगरले १६ दिने लैङ्गिक हिंसाविरुद्धको अभियान सञ्चालन नगर्ने