पहिराले मध्यपहाडी लोकमार्ग ठप्प

ढोरपाटन । निरन्तर वर्षाका कारण राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । लोकमार्गको बागलुङको बुर्तिबाङ–पूर्वी रुकुम खण्डअन्तर्गत निसीखोला गाउँपालिका–१ पाखुतेमा पहिरो जाँदा सडक पूर्ण रुपमा अवरुद्ध भएको हो ।
मङ्गलबार साँझदेखि अवरुद्ध भएको उक्त खण्ड अहिलेसम्म पनि सञ्चालनमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । भारी वर्षा भइरहेकाले सडक खुलाउन नसकिएको उनले बताए । निरन्तर वर्षा भइरहेकाले वर्षा रोकिएपछि मात्रै सडक खुलाउन सकिने केसीको भनाइ थियो ।
लोकमार्ग अवरुद्ध हुँदा पूर्वी रुकुमदेखि बागलुङ, पोखरा, काठमाडौँ लगायतका स्थानमा जाने यातायातका साधन ठप्प भएको प्रहरी नायब उपरीक्षक केसीले बताए । उनका अनुसार काठमाडौँ, पोखरादेखि पूर्वी रुकुमको रुकुमकोट, काँक्री, लुकुम र रोल्पा जाने सवारी पनि सडकमै रोकिएका छन् ।
प्रहरी नायब उपरीक्षक केसीले भने, “अहिले पनि भारी वर्षा भइरहेको छ । हिजोदेखि ठप्प भएको सडक अहिलेसम्म खुलाउन सकिएको छैन । सडक अवरुद्ध हुँदा यात्रु अलपत्र परेका छन् । वर्षा रोकिने बित्तिकै सडक खुलाउने प्रयास गर्नेछौँ । ठूलो पहिरो खसेकाले तत्कालै खुलाउन सकिने अवस्था छैन ।”
पहिराले कालीगण्डकी करिडोर पनि अवरुद्ध भएको केसीको भनाइ छ । करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा लेदोसहितको पहिराले सडक पूर्ण रुपमा ठप्प भएको छ । करिडोर अवरुद्ध हुँदा बागलुङको दक्षिणी क्षेत्र यातायातबाट विच्छेद भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाट-जिरोकिलो सडकखण्ड अवरुद्ध, सडक खुलाउने प्रयास
-
जीवनराम श्रेष्ठको नेतृत्वलाई आइओसीले दियो मान्यता
-
रवीन्द्र मिश्र र धवल शमशेरको रिहाइको लागि राजनीतिक र कानुनी लडाई जारी राख्ने राप्रपाको निर्णय
-
मन्त्रालय बाँडफाँड गरेर शासन चलाउन एमालेसँग सहकार्य गरेका होइनौँ : एनपी साउँद
-
सैलुनमा एसी र इन्भर्टर जोड्न दिने तोकादेश तथ्यहीन र अतिरञ्जित – उपमहानगरपालिका
-
दाउन्नेमा मन्त्री दाहालको निरीक्षण, मनसुन अगावै सक्न निर्देशन