बझाङ भूकम्प : राहत र उद्धारको कार्यमा सक्रियतापूर्वक लाग्न कांग्रेसको आग्रह

काठमाडौँ । नेपाली कांग्रेसले बझाङमा मंगलबार गएको भूकम्पबाट प्रभावितको राहत र उद्धारको कार्यमा सक्रियतापूर्वक लाग्न सरकारलाई आग्रह गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले युद्धस्तरमा उद्धारको कार्य गर्न, हराएकाहरुको तत्काल खोजी गर्न, प्रभावितहरुलाई सुरक्षित स्थल तर्फ स्थानान्तरण गर्न र घाइतेको उपचार र राहतको कार्यमा सक्रियता साथ लाग्न सरकारलाई आग्रह गरेका हुन् ।
साथै, स्थानीय पार्टी पंक्तिलाई सक्रियतापूर्वक उद्धार र राहतको कार्यमा संलग्न हुन पनि सभापति देउवाले आग्रह गरेका छन् । देउवाले यो विपत्तिको सामना संयम र एकतापूर्वक गर्न स्थानीयहरुमा विज्ञप्तिमार्फत अपील गरेका छन् ।
विज्ञप्तिमा देउवाले भूकम्पका कारण एक जनाको मृत्यु, केही वेपत्ता र दर्जनौं व्यक्ति घाइते भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगत तर्फबाट सहानुभूति प्रकट गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिगमा चेल्सी विजयी
-
काठमाडौंमा ‘डिजिटल अपराधसम्बन्धी अन्तरराष्ट्रिय सम्मेलन’ हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने
-
किसानको बक्यौता भुक्तानी गर्न दुग्ध उत्पादक सहकारीको आग्रह
-
घर सजाउने सौखले रोपेको फूल बन्यो आम्दानीको स्रोत
-
१२ बजे, १२ समाचार : ताप्लेजुङमा हट्यो निषेधाज्ञादेखि प्रकृति लम्साल मृत्यु प्रकरणको थप जानकारीसम्म
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा