पार्टीभित्रका मधुकैटबले दिनु दुःख दिए : ओली

विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना विरोधीले एमालेलाई विभाजन गर्न सकिन्छ कि भनेर प्रयास गरिरहेको बताएका छन् । विराटनगरमा आज आयोजित एमाले कोशी प्रदेश कमिटीका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले त्यस्ता सपनाहरू एमालेभित्र कहिल्यै सफल नहुने दाबी गरे । उनले देश चलाउन एमालेबाहेक अरू नभएको बताउँदै त्यसका लागि मिसन ८४ अनुसार जित्न आवश्यक भएको बताए ।
उनले नवनिर्वाचित हरूलाई शुभकामना गर्दै त्यस अनुसारको जिम्मेवारी निर्वाह गर्न आग्रह गरे । आफूलाई केन्द्रमा राखेर नसोच्न आग्रह गर्दै उनले जित्ने, नजित्ने सबैलाई मिलेर अगाडि बढ्न आग्रह गरे । ओलीले पार्टीभित्रका मधुकैटबले दिनु दुःख दिएको बताउँदै उनीहरू अहिले काँग्रेसको पाउमा पुगेको बताए ।
उनले आपसमा लड्नुपर्ने कुनै कुरा नभएको भन्दै विरोधीसँग लड्न आवश्यक रहेकामा जोड दिए । हारेको र जितेको दुवै पचाउन उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिमागलाई तेज बनाउन चाहनु हुन्छ ? खानुस् यी तीन पेय पदार्थ
-
पहिलोपटक मनाइयो राष्ट्रिय याक दिवस
-
शेख हसिनाविरुद्ध बङ्गलादेशले माग्यो रेड कर्नर नोटिस
-
काठमाडौँ महानगरपालिकाले 'एनजी' आएको विद्यार्थीका लागि पुनः परीक्षा सञ्चालन गर्ने
-
प्रदर्शनमा देखिएनन् राप्रपाका शीर्ष नेता, विक्रम पाण्डे निषेधित घेरासम्म पुगेर फर्किए
-
तस्बिरमा हेर्नुहोस् राप्रपाको प्रदर्शन