सवारी दुघटनामा पाँच जनाको मृत्यु
काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ ।
मोरङको कटहरी गाउँपालका-४ लोहन्द्रा पुलस्थित सडकमा को.२३ प ५१३९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार घनपालथान गाउँपालिका-७ बस्ने २५ वर्षीय रवि मण्डलको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मंगलबार दिउँसो मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलस्थित सडकमा बागमती प्रदेश ०१-०२८ च ६४५७ नम्बरको पिकअप गाडीले हाल नम्बर नखुलेको अनटेस्ट स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटर चालक महोतरी बर्दिबास नगरपालिका-३ बस्ने ४५ वर्षीय काजी कुमार कार्कीको मृत्यु भएको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै धनुषाको लक्ष्मिनिया गाउँपालिका-४ सपहीस्थित सडकमा प्र.२-०२-००४ प ४८७८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकलमा सवार स्याङजा वालिङ नगरपालिका बस्ने ३९ वर्षीय लक्ष्मण भट्टराईको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य २ जनाको उपचार भइरहेको छ ।
उता धादिङको गजुरी गाउँपालिका-२ मझुवास्थित सडकमा प्रदेश २-०३-००१ ख ६४१३ नम्बरको ट्रकको ठक्करबाट २ जनाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेहरूमा सिद्वलेक गाउँपालिका-६ परेवाटार बस्ने राजकुमार श्रेष्ठको छोरा १५ वर्षीय निर्मल श्रेष्ठ र सोही ठाउँ बस्ने उद्धव श्रेष्ठको छोरा १५ वर्षीय सञ्जीव श्रेष्ठ रहेका छन् । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूरा भयो पुष्पा–२ को सुटिङ, यो दिन आउने भयो हलमा
-
यी पुरुषले किन रचे आफ्नै मृत्युको नाटक ?
-
सिनामंगल घटनामा मृतकका परिवारले भने, ‘क्यानडाबाट नेपाल आउने थाहै थिएन’
-
प्रधानमन्त्रीको चीन भ्रमणअघि बैठक बसेर एजेन्डामा छलफल गर्छौँ : सभापति यादव
-
यू–१९ एसिया कप क्रिकेट खेल्ने नेपाली टोलीको बिदाइ, तस्बिरमा हेर्नुहोस्
-
लाभांश घोषणापछि कुथेली बुखरी हाइड्रोपावरको सेयर मूल्यमा सर्किट