दुई विश्वकपसँग जोडिएको नुवान कुलशेकराको रमाइलो संयोग

काठमाडौँ । श्रीलंकाली क्रिकेटर नुवान कुलशेकरासँग पनि एकदिवसीय विश्वकपमा एउटा रमाइलो संयोग जोडिएको छ । उनी सन् २०११ को विश्वकपमा अन्तिम बल फाल्ने बलर हुन् ।
त्यसको चार वर्षपछि सन् २०१५ मा आयोजित विश्वकपमा पहिलो बल फाल्ने बलर पनि नुवान कुलशेकरा नै हुन् । सन् २०११ को विश्वकपको फाइनल खेल श्रीलङ्का र भारतबिच भएको थियो । उक्त खेलमा श्रीलङ्काले दिएको दुई सय ७५ रनको लक्ष्य पछ्याउँदै भारत जवाफी ब्याटिङमा ओर्लिएको थियो । त्यसपछि भारतले नुवान कुलशेकराकै बलमा विजय लक्ष्य पुरा गरेको थियो ।
उक्त फाइनलमा उनले ८.२ ओभर बलिङ गरेका थिए । त्यसपछि सन् २०१५ को विश्वकपको उद्घाटन खेल श्रीलङ्का र न्युजिल्यान्डबीच परेको थियो । न्युजिल्यान्डले टस हारी पहिलो ब्याटिङको निम्तो पाएको थियो । उक्त खेलमा नुवान कुलशेकरा नै श्रीलंकाको ओपनर बलर थिए ।
यसरी सन् २०११ को विश्वकपमा अन्तिम बल र त्यसको चार वर्षपछि सन् २०१५ को विश्वकपमा पहिलो बल फाल्ने बलर बनेका थिए, नुवान कुलशेकरा ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातै प्रदेशका उपसभामुखलाई मुख्यमन्त्री सिंहले गरे स्वागत
-
रास्वपाको महाधिवेशन फागुनमा हुने
-
हेटौँडा अस्पतालको बोर्ड तोर्डमोड गर्ने ६ जना पक्राउ
-
केपी ओली कप क्रिकेट : उपाधिका लागि गण्डकी र काठमाडौँ भिड्ने
-
विदेश जाँदा परराष्ट्रमन्त्री भनेर इज्जत गर्छन्, तर देशको माहोल बिग्रियो – परराष्ट्रमन्त्री
-
नेपालमै पहिलो पटक ROYAL ENFIELD काे एबीएस सिस्टम बाइक बजारमा