महिला भलिबलमा नेपाल भारतसँग पराजित
बुधबार, १७ असोज २०८०, ११ : ५०

काठमाडौँ । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) प्रतियोगिताअन्तर्गत महिला भलिबल खेलमा नेपाल भारतसँग पराजित भएको छ । भारतसँग नेपाली राष्ट्रिय महिला टोली ३–१ सेटले पराजित भएको हो ।
खेलको पहिलो सेट २५–२३ ले गुमाएको नेपालले दोस्रो खेल २६–२८ ले आफ्नो पक्षमा पार्न सफल भयो । त्यसपछिका दुई सेट नेपालले गुमायो । खेलको तेस्रो सेटमा नेपालले पुनः २५–२३ बनायाे भने चौथो सेटमा भारतले २५–१७ ले सहजै आफ्नो पक्षमा पार्यो । यसअघि समूह चरणको खेलमा नेपाल भियतनाम र दक्षिण कोरियासँग पराजित भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सञ्चारकर्मी तथा गीतकार राधिकाको ‘फूल फूल्यो फक्रियो’ सार्वजनिक
-
आईपीएलमा मुम्बई इन्डियन्सको चौथो हार, बैंग्लुरु तेस्रो स्थानमा यथावत
-
डढेलोले सखाप हुँदै जङ्गल
-
काठमाडौँमा शिक्षकको आन्दोलन, गोरखाका जनप्रतिनिधि सङ्घ सरकारसँग रिसाए
-
तीनकुनेको प्रदर्शनमा आगजनी र तोडफोड गरेको आरोपमा थप ६ जना पक्राउ
-
मौसम खराब भएपछि छेन्दुबाट पोखरामा हुने उडान रद्द