श्रीलङ्कालाई जिल्याउँदै अफगानिस्तान एसियाड क्रिकेटको सेमिफाइनलमा

काठमाडौँ । बलियो श्रीलङ्कालाई हराउँदै अफगानिस्तान चीनमा जारी १९औँ एसियाली खेलकुद (एसियाड) अन्तर्गत पुरुष क्रिकेटको सेमिफाइनलमा पुगेको छ । अफगानिस्तानले बुधबार खेलिएको क्वार्टरफाइनल खेलमा श्रीलङ्कामाथि आठ रनको रोमाञ्चक जित हासिल गर्यो ।
टस हारी पहिलो ब्याटिङको निम्तो पाएको अफगानिस्तानले १८.३ ओभरमा अलआउट हुनुअघि एक सय १६ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको श्रीलंकाले भने १९.१ ओभरमा अलआउट हुनुअघि एक सय आठ रनमात्र बनाउन सक्यो ।
श्रीलङ्कालाई लक्ष्यसम्म पुग्न नदिन अफगानिस्तानका बलर गुलबदिन नाइब र क्वाइस अहमदले तीन—तीन विकेट लिए । करिम जनत, जहिर खान र सराफुद्दिन असरफले पनि एक—एक विकेट हात पारे । श्रीलंकाले पालीको निराशाजनक सुरुआत गरेको थियो ।
टोलीको कुल स्कोर ५० रन पुग्नु अगावै तीन प्रभावशाली विकेट गुमाएको श्रीलङ्काका लागि कप्तान सहान अराचचिगेले सर्वाधिक २२ रन बनाएका थिए । त्यसअघि अफगानिस्तानका लागि नुर अली जदरानले अर्धशतक बनाएका थिए ।
उनले ५२ बलको सामना गरी एक छक्का र ६ चौका हिर्काएका थिए । सहिदुल्लाहले पनि टोलीको खातामा २३ रन थपेका थिए । मोहम्मद सहजादले २० रन बनाएका थिए । श्रीलङ्काली बलर नुवान थुसराले चार विकेट लिएका थिए । भारत र पाकिस्तान यअसघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहमतिलाई अन्तिम रूप दिन शिक्षामन्त्रीसँग वार्ता सुरू
-
नेपालको आर्थिक वृद्धिदर ४.६१ प्रतिश हुने प्रक्षेपण
-
काठमाडौँसहित छुट्टाछुट्टै सवारी दुर्घटना, पाँच जनाको मृत्यु
-
ब्याट्सम्यानहरू निरीह बनेपछि भारतको आसामसँग हार्यो कोशी प्रदेश
-
रेशमलाई थुनामा राख्न सर्वोच्चले आज पठाएको पत्रमा के छ ?
-
७५ लागेँ मदनकृष्ण, ‘मह’ पुग्यो ४५ वर्ष